site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
अस्पतालमा छैनन् कोरोना संक्रमित, प्रदेश १ मा १५ जना मात्र सक्रिय संक्रमित
Sarbottam CementSarbottam Cement

विराटनगर । प्रदेश १ मा शनिबार १३३ जनामा भएको परीक्षणमा जम्मा एकजना पुरुषलाई कोरोना पुष्टि भएको छ । 
सामाजिक विकास मन्त्रालयको तथ्यांकअनुसार भोजपुरका ती पुरुषमा कोरोना पोजेटिभ रिपोर्ट आएको हो । बाँकी १३२ जनामा कोरोना देखिएन । शुक्रबार प्रदेशभर भएको परीक्षणमा पनि मोरङका एकजनामा कोरोना पुष्टि भएको थियो । प्रदेशभर हाल १५ जना मात्र सक्रिय संक्रमित छन् । ती सबै होम आइसोलेसनमा छन् ।

फागुन १६ गते जम्मा चारजनामा संक्रमण देखिएको थियो । भोलिपल्ट १७ गते २२४ जनाको नमुना परीक्षण गरिएकामा कसैमा पनि कोरोना देखिएन । फागुन १८ गते जम्मा २५० जनाको नमुना परीक्षण भएको थियो । जसमा एकजनामा संक्रमण पुष्टि भएको थियो । पछिल्लो तीन महिनामा जम्मा ३० जनामा कोरोना संक्रमण देखिएको थियो । संक्रमणको दर ओरालो लागेसँगै प्रदेशमा दैनिक जीवन चलायमान भइसकेको छ । पछिल्ला तथ्यांकले पनि कोभिडको संक्रमण न्यून हुँदै गएको देखिन्छ ।

Prabhu Bank
Agni Group
NIC Asia

खोप अभियानसमेत सुरु भइसकेको अवस्थामा कोरोनाको जोखिम विस्तारै कम हुँदै गएको कोसी अस्पताल आइसोलेसनका संयोजक डा. लक्ष्मीनारायण यादव बताउँछन् । उनले भने, “तर कोभिड पूरै सकिएको होइन । यो रुपमा हामीले बुझ्नु हुँदैन । जोखिम कायमै छ । स्वास्थ्य मापदण्ड अपनाउन हेलचेक्र्याईं गर्नु हुन्न ।” यादवले अहिले अस्पतालहरूमा समेत संक्रमितको संख्या शून्य अवस्थामा पुगेको जनाएका छन् ।

पछिल्लो दुई महिनायता प्रदेश १ का अस्पतालमा कोरोना संक्रमणबाट कसैको पनि मृत्यु भएको छैन । प्रदेशमा कोरोना अति उच्च विन्दुमा पुगेका बेला दैनिक एक हजार पाँच सय जनासम्ममा कोरोना पुष्टि भएको थियो । विराटनगरमा मात्र दैनिक चार सयजनामा कोरोना देखिन्थ्यो । औसत दुई जनासम्मको ज्यान जाने गरेको थियो । तर, अहिले संक्रमणदर न्यून भएको छ ।

Global Ime bank

प्रदेश १ मा हालसम्म ३० हजार २४० जनामा कोरोना देखिएको छ । तीमध्ये २९ हजार ७६० जना निको भएका छन् । कोरोना संक्रमणबाट जम्मा ४६५ जनाको मृत्यु भएको छ । प्रदेशमा २ लाख २४ हजार ८५० जनाको नमूना संकलन भई कोरोना परीक्षण भएको छ ।
 

विराटनगरमा नागरिक पहलमा कोरोना उपचारका लागि स्थपित नागरिक केयर सेन्टरका खाली बेड । अस्पतालमा कोरोना संक्रमितको संख्या शून्य छ । तस्बिर : बाह्रखरी

कोरोना उपचारका लागि प्रदेश सरकारले राजधानी विराटनगरमा कोसी कोभिड १९ उपचार केन्द्र संचालन गरेको छ । यसैगरी विराटनगर महानगरपालिकाको समन्वयमा उद्योगी, व्यापारी तथा नागरिक समाजको सहयोगमा नागरिक केयर सेन्टर पनि खोलिएको छ । तर, कोरोना संक्रमित नै नभएका कारण अस्पतालमा भर्ना भई कसैको पनि उपचार गरिएको छैन ।

अस्पताल निर्माणमा नेतृत्व लिएका विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले भने, “अस्पतालमा बिरामी नहुनु खुसीको कुरा हो । कोरोनाले नागरिकस्तरमा पारेको दुस्प्रभाव निकै ठूलो छ । अब संक्रमण पूरै सकिएर जाओस् भन्ने सबैको कामना पनि छ ।” पराजुलीले कोरोनाकालमा महानगरले आफ्नै साधन-स्रोतले आइसोलेसनदेखि उपचार गर्न अस्पतालसम्म निर्माणमा सफलता प्राप्त गरेको सुनाए । सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेशभर आइतबारबाट दोस्रो चरणको खोप अभियान पनि सुरु गरिएको छ । यो अभियानअन्तर्गत ६५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई खोप लगाउन थालिएको छ । स्थानीय तहका वडाहरूमै खोप लिन सकिने व्यवस्था मिलाइएको छ । 

 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन २३, २०७७  १४:५९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC