1613913415.jpg)
काठमाडौं । पशुपतिनाथ मन्दिरमा चाँदीको जलहरी हटाएर सुनको जलहरी राख्ने काम अन्तिम चरणमा पुगेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा राख्न लागिएको सुनको जलहरीको काम अन्तिम चरणमा पुगेको हो ।
शिवरात्रिसम्ममा जलहरी राख्ने गरी तयारी गरिरहँदा अन्तिम चरणमा पुगेको पशुपति क्षेत्र विकास कोषका सदस्य-सचिव डा. प्रदीप ढकालले जानकारी दिए । ‘‘कोषले राष्ट्र बैंकबाट एक सय चार किलो सुन किनेर माघ ३० गतेदेखि जलहरी निर्माणको तयारी थालेको थियो । धार्मिक तथा सांस्कृतिक विश्वास एवं जलहरीलाई बलियो बनाउन एक सय चार किलो सुनबाहेक चार किलो तामा धातु मिसाइएको छ,” उनले भने, ‘‘सबै गरी नब्बे करोडको सुन किनेर जलहरी तयार पारिएको छ । सेनाको सुरक्षामा जलहरी निर्माण अन्तिम चरणमा पुगेको हो । सुरक्षालाई मजबुत बनाउन सीसीटीभी पनि जडान गरिएको छ । अहिले नाग र बुट्टा बनाउने काम भइरहेको छ ।"