site stats
बाह्रखरी :: Baahrakhari
देश
बाँकेमा डेढ लाख नगदसहित नौ जुवाडे पक्राउ
प्रतीकात्मक तस्बिर ।
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । बाँकेमा एक लाख ५० हजार रुपैयाँसहित नौ जुवाडे पक्राउ परेका छन् ।

नेपालगन्ज उपमहानगरपालिका २, बौद्ध टोलमा डेरा गरी बस्ने अर्घाखाँची पुडेनी गाउँपालिका ८, घर भएका भुट्टु मियाँको कोठामा तास खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा अर्घाखाँची छत्रदेवी नगरपालिका १ बस्ने ३६ वर्षीय दन्दिर अलीलगायत छन् । प्रहरीले उनीहरुको साथबाट एक लाख ५० हजार एक सय ६५ रुपैयाँ र तास बरामद गरेको छ । 

प्रकाशित मिति: सोमबार, फागुन १०, २०७७  १३:०१
प्रतिक्रिया दिनुहोस्