site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
निर्मला हत्याकाण्ड : शंकास्पद नयाँ ‘लोकेसन’को अनुसन्धानमा जुट्यो प्रहरी
Sarbottam CementSarbottam Cement

काठमाडौं । कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या भएको साढे २ वर्ष बितिसक्दा पनि प्रहरीले अभियुक्तको पहिचान गर्न सकेको छैन । लामो अनुसन्धानपछि पनि अभियुक्तको ‘क्लु’ पाउन नसकिएको प्रहरीले जनाएको छ ।

प्रहरीले यो घटनालाई विभिन्न कोणबाट अनुसन्धान गरिरहेको जनाएको छ ।

०७५ साउन १० गते कञ्चनपुरको भीमदत्तनगर २ कि १३ वर्षीया किशोरी निर्मला पन्त ‘नोट’ लिन साथीको घर गएकी थिइन् ।

Prabhu Bank
Agni Group
NIC Asia

उनी त्यहाँबाट भासी जाने भन्दै निस्किएकी थिइन् । 

तर साँझसम्म घर नफर्किएकी निर्मला साउन ११ गते घरभन्दा झन्डै डेढ किलोमिटरको दुरीमा रहेको उखुबारीमा मृत फेला परेकी थिइन् ।

Global Ime bank

अनुसन्धान र मेडिकल रिपोर्टबाट उनको बलात्कारपछि हत्या भएको खुलेको थियो । तर साढे दुईवर्ष बितिसक्दा पनि घटनामा कसको संलग्नता थियो भन्ने खुल्न सकेको छैन ।

अन्य कयौं घटनाको अनुसन्धानमा सफलता प्राप्त गरे पनि निर्मला हत्याकाण्डमा सफलता प्राप्त नहुँदा प्रहरीको समेत आलोचना हुँदै आएको छ ।

प्रहरीले पछिल्लो समय निर्मलाको आउजाउ हुने गरेका स्थानमा निगरानी सुरु गरेको प्रहरीले जनाएको छ । 

उच्च प्रहरी अधिकारीले बाह्रखरीसँगको कुराकानीमा भने,“पुरानो अनुसन्धान छँदैछ । त्यसबाट त्यति सफल हुन सकिएन । अब निर्मला कहाँ कहाँ जान्थिन् । उनको निकटता को–कोसँग थियो त्यतापट्टि अनुसन्धान केन्द्रित गरेका छौं । केही शंकास्पद लोकेसनको निगरानी पनि सुरु गरेका छौँ ।”

कतिपय अवस्थामा अझै स्थानीयले अनुसन्धानमा सहयोग नगरेको प्रहरी गुनासो छ । प्रहरी महानिरीक्षक (आईजीपी) शैलेश थापा क्षेत्रीले समेत ३ महिनाभित्र अनुसन्धान सक्नेगरि काम गर्न निर्देशन दिएको बताइएको छ ।

निर्मला हत्यामा पनि चिनजानकै व्यक्तिको संलग्नता हुनसक्ने प्रहरी आशंका छ । 

प्रहरीले भने ०७५ भदौमा ३९ वर्षीय दिलिपसिंह विष्टलाई अभियुक्तको रुपमा सार्वजनिक गरेको थियो । 

तर निर्मलाको स्वाबसँग डीएनए नमिलेपछि उनी छुटेका थिए । अझै केही प्रहरी अधिकारीहरु निर्मला हत्यामा दिलिपकै संलग्नताको दाबी गर्छन् भने केही अधिकारीहरु प्रमाणले दिलिपको अभियोग पुष्टि गर्न नसक्ने बताउँदै आएका छन् ।

प्रहरीले निर्मलाको शव भेटिएको अवधिमा भारत र बाहिर गएकाहरुको निगरानी पनि सुरु गरेको जनाएको छ । प्रहरीले हालसम्म ८० जनाको डीएनए परीक्षण गरिसकेको बताइएको छ । 

 


 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन १०, २०७७  १२:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC