site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
आजबाट काठमाडौंमा विद्यालय भौतिक रुपमै खुल्ने 
Sarbottam CementSarbottam Cement

काठमाडौं । विश्वव्यापी कोरोना महमारीले बन्द भएको काठमाडौं उपत्यकाका विद्यालय आजबाट खुल्ने भएका छन् । स्वास्थ्य मापदण्ड अपनाएर १० महिनापछि विद्यालय खोल्न स्थानीय तहले अनुमति दिएपछि विद्यालय सञ्चालनमा आउने भएका हुन् । 

काठमाडौं उपत्यकाका महानगरपालिका बाहेक अन्य नगरपालिकामा असार पछि नै भौतिक रुपमा विद्यालय सञ्चालनमा आएका थिए । काभ्रे, बनेपालगायत देशभरिका अन्य नगरपालिका र गाउँपालिकाले यसअवधिमा विद्यालय खोल्ने र संक्रमितको दर बढ्ने बित्तिकै बन्द गर्ने गरेका थिए । सरकारले अनलाइन वा वैकल्पिक माध्यमबाट पढाउन र उक्त माध्यमबाट पढाएको कुरालाई मान्यता दिन असारमा निर्देशिका जारी गरेको थियो । काठमाडौं महानगरपालिकाबाहेक अन्तका अधिकांश विद्यालयलाई कोरोना सेन्टर र आइसोलेसन र क्वारेन्टिन भवन बनाइएपछि विद्यालय शिक्षा झनै अलपत्र परेको थियो । 

Prabhu Bank
Agni Group
NIC Asia

काठमाडौं उपत्यकाको हकमा भने कोरोना संक्रमितको संख्या निरन्तर बढिरहेकाले वैकल्पिक माध्यममा पढाउन नसकिएको ठाउँमा कतै विद्यालय आलोपालो गरी खुलिरहेका थिए भने अधिकांश विद्यालय बन्द थिए ।

प्लस टु भने पुस १ गतेदेखि नै सञ्चालनमा
कक्षा ११ र १२, स्नातक र स्नातकोत्तरका लागि विद्यालय र क्याम्पस अघोषित रुपमा पुस १ गतेदेखि नै खुलिसकेका थिए । प्याब्सनका अध्यक्ष डी के ढुंगानाले विद्यालय खोल्न स्थानीय सरकारले अनुमति नदिएपछि माघको दोस्रो साताबाट विद्यालय खोल्ने तयारी गरेको बताए । तर, प्याब्सनमा आबद्ध केही विद्यालयमा भने प्लस टुको कक्षा सञ्चालन भइरहेको उनले स्वीकार गरे । विद्यार्थी अनौपचारिक पोसाकमा विद्यालयमा उपस्थित भएको उनको दाबी छ । तर, बाटोमा विद्यार्थी पोशाकमै भेटिन्छन् । 

Global Ime bank

यस्तै, एन प्याब्सनका अध्यक्ष रितुराज सापकोटा माघको पहिलो सातासम्ममा पनि सरकारले विद्यालय खोल्न अनुमति नदिए विद्यालय खोल्ने चुनौति दिएका थिए । प्लस टुका कक्षा सञ्चालनका सम्बन्धमा भने उनले स्थानीय सरकारको निर्देशन विरुद्ध खोलिएको भन्दै आलोचना गरे । आफू सम्बन्ध विद्यालय नखोलिएको उनको दाबी छ । तर, सीसीएमसीले विद्यालय खोल्न अनुमति दिइसकेपछि स्थानीय सरकारले अड्को थाप्नुमा कुनै औचित्य नभएको उनको तर्क छ ।

फाइल तस्बिर

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ ८, २०७७  ०७:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
अनशनकारीको उपेक्षा नगर !
अनशनकारीको उपेक्षा नगर !