
काठमाडौं । नेकपाका अध्यक्ष माधवकुमार नेपालले ओली समूहले निर्वाचन आयोगमा पार्टीको आधिकारिकताको दाबी गर्नुको अर्थ नरहेको बताएका छन् ।
बिहीबार स्थायी कमिटीको बैठकपछि सञ्चारकर्मीसँग नेपालले भने, “निर्वाचन आयोगले पत्रमा मागेको जवाफ दिएका छौँ । त्यो सानो गुटले पनि दाबा गरेको छ । त्यसको केही अर्थ भएन । त्यो पार्टी नै होइन । त्यो गुटले दाबी गर्ने आधार छैन । हामी बुझ्दै छौँ ।’’
अध्यक्ष नेपालले प्रधानमन्त्री तथा ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले पदको गरिमा र मर्यादको उपहास गरेको आरोप लगाए । जनताले उनको चरित्रलाई धिकारेको नेपालको भनाइ थियो ।
अध्यक्ष नेपालले संसद् विघटनविरुद्धको आन्दोलनलाई प्रभावकारी बनाउने विषयमा योजना बनाइरहेको बताए ।
फाइल तस्बिर ।