ओली समूहको छलफल- ‘चुनावको मिति दायाँबायाँ हुँदैन, तयारी गर्नू, सूर्य र नेकपा हाम्रै हो’

ओली समूहको छलफल- ‘चुनावको मिति दायाँबायाँ हुँदैन, तयारी गर्नू, सूर्य र नेकपा हाम्रै हो’

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को ओली समूहका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले चुनावको तयारीमा लाग्न नेताहरुलाई निर्देशन दिएका छन् । आज बालुवाटारमा भएको स्थायी कमिटी सदस्यहरुसँगको छलफलमा सर्वोच्च र निर्वाचन आयोगमा भइरहेको गतिविधिबारे ब्रिफिङ भएको एक नेताले जानकारी दिए ।

"देशभरि भइरहेका पार्टीका कार्यक्रमहरु । सर्वोच्चको मुद्दामा भइरहेको छ । कहाँ कसरी गहिरहेको छ । निर्वाचन आयोगमा के भइरहेको छ  भनेर बिफ्रिङ भयो,’’ छलफलमा सहभागी स्थायी कमिटी सदस्यले सुनाए । ती सदस्यका अनुसार निर्वाचन तोकिएको समयमा निर्वाचन गर्नेबारे छलफल भएको थियो ।

"अब निर्वाचनमा जाने हो । १७ र २७ गतेबाट एकदिन ढिलाइ हुनुहुँदैन,’’ कुराकानीबारे उनले भने । आधिकारिता आफूहरुकै पार्टीले पाउने भन्ने कुरामा दुईमत नरहेको पनि उनले बताए ।

"हामी नै आधिकरिक हौं । प्रथम अध्यक्ष र महासचिव हामीसँग छ । विधानअनुसार प्रथम अध्यक्ष र महासचिवविना कसैले बैठक त गर्न सक्दैन । त्यस्तो अवस्थामा को हुन्छ र आधिकारिक ? सूर्य चिह्‍न र नेकपा हाम्रै हो,’’ ती सदस्यले भने । 

-फाइल तस्बिर

प्रतिकृया दिनुहोस
ad