site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
८ नाटकघर एकैपटक सञ्‍चालनमा आउँदै
Ghorahi CementGhorahi Cement

काठमाडौं । ‘कोभिड-१९ का कारण बन्द भएका नाटकघरहरु करिब १० महिनाको विश्रामपछि खुल्ने भएका छन् । बारम्बरको छलफलपछि देशभरका रंगकर्मीहरुले आठवटा नाटकघर एकैपटक खोल्ने तयारी गरेका हुन् ।

केही महिनादेखि दर्शकको उपस्थितिबिना भर्चुअलमा सीमित नाटकघरहरु अन्तत: दर्शकलाई स्वागत गर्दै भोलि (माघ १ गते) देखि खुल्न लागेका हुन् । “सबै सुरक्षाका नियम पालना गर्दै फेरि नाटकघरहरु सञ्‍चालनमा ल्याउने हाम्रो सामूहिक निर्णयअनुसार यही २०७७ माघ १ देखि क्रमश: अधिकांश नाटकघर खोल्ने निर्णय गरिएको छ,” थिएटर हबद्वारा बुधबार जारी विज्ञप्तिमा उल्लेख छ । नेपालका नाटकघरहरुका लागि काम गरिरहेको थिएटर हबको नेतृत्वमा बन्द रहेकामध्ये आठ नाटकघर एकैपटक खुल्न लागेका हुन् । 

काठमाडौं र मोफसलमा गरी अहिले देशभर ६० नाटकघर छन् । तर हालका लागि भने तीमध्ये आठवटा नाटकघर मात्रै एकैपटक खुल्न लागेका हुन् । यी आठ नाटकघरमा हरेक दिन एउटा-एउटा कार्यक्रम गरेर नाटकघर पुनः सञ्चालनमा आउन लागेका हुन् ।

Agni Group

कोरोना महामारीको संक्रमणको जोखिमलाई ध्यानमा राख्दै सुरक्षाका सबै मापदण्ड अपनाएर खोल्ने पनि विज्ञप्तिमा उल्लेख गरिएको छ । त्यसैले भोलि (माघ १) देखि नाटक हेर्न जाँदा दर्शकले अनिवार्य मास्क लगाउनुपर्नेछ । नाटकघरमा स्यानिटाइजरको व्यवस्थाका साथै भौतिक दूरी कायम गरी नाटक मञ्चन गरिनेछ । अर्को महत्त्वपूर्ण कुरा भनेको सबै नाट्य प्रस्तुतिहरु एक घण्टाभन्दा लामो हुने छैनन् ।

‘६ पात्रको एकालाप’ नामक नाटक मञ्चन गर्दै नाटकघरहरु पुनः सञ्चालनमा आउने भएका छन् । यो नाटक माघ १ गते अर्थात् पहिलो दिन बत्तीसपुतलीस्थिति शिल्पी थिएटरमा साँझ ४ बजे मञ्चन हुनेछ ।  दोस्रो दिन (२ गते) कौसी थिएटरमा प्लेब्याक थिएटर ‘हराउँदै...भेटाउँदै’ साँझ ५ बजे प्रस्तुत हुँदै छ । तेस्रो दिन ३ गते शनिबार भने कुनै पनि नाटक मञ्चन हुनेछैन । चौथो दिन (४ गते) विराटनगरको झोराहट थिएटरमा बिहानको ८ बजे नाटक कोरोना टाइम्स मञ्चन गरिनेछ । 

Global Ime bank

यस्तै पाँचौं दिन (५ गते) विराटनगरकै आरोहण गुरुकुलमा दिउँसो ३ बजे नयाँ नाटकको नमुना र मञ्चनबारे छलफल कार्यक्रम छ । छैटौं दिन (६ गते) पोखरास्थित पोखरा थिएटरमा नाटक महोत्सव घोषणाको पत्रकार सम्मेलन राखिएको छ । 

यसैगरी सातौं, आठौं र नवौं दिन (क्रमश: ७, ८ र ९ गते) मण्डला थिएटरमा दिउँसो ३ बजे, कोरोनाअघि र पछिको रंगमञ्च र अबको बाटोबारे संवाद, शैली थिएटरमा दिउँसो १ बजे शैली संवाद र थिएटर मलमा अन्तिम दिन अर्थात् ९ गते दिउँसो २ बजे पोयट्री पटरी, रंगकर्मीहरुको कविता वाचन कार्यक्रम छ । 

छोटो समयमा सबै नाटकघरहरुमा नाटक तयार गर्न सम्भव नभएकाले नाटकबाहेकका यसैसँग सम्बन्धित कार्यक्रमहरु आयोजना गर्नुको एउटै उद्देश्य भनेको सबै नाटकघरहरु एकजुट भएर दर्शकका लागि खुलेका छौं भन्ने सन्देश दिनुरहेको बताइएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, पुस २९, २०७७  १४:२२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC