site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
मन्त्री अर्याललाई गृहजिल्ला स्याङ्जामा कालो झण्डा 
Sarbottam CementSarbottam Cement

स्याङ्जा । कृषि मन्त्री पद्मा कुमारी अर्याललाई गृह जिल्ला स्याङ्जामा कांग्रेस कार्यकर्ताहरुले कालोझण्डा देखाएका छन् । 

नेकपा ओली समूहको कार्यकर्ता भेलालाई सम्बोधन गर्न गृह जिल्ला आएकी मन्त्री अर्याललाई नेपाल तरुण दल तथा नेपाल विद्यार्थी संघले कालोझण्डा देखाउँदै विरोध जनाएका हुन् ।

Prabhu Bank
Agni Group
NIC Asia

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि कांग्रेसले तय गरेको केन्द्रीय विरोधको  कार्यक्रम अन्तरगत स्याङ्जाको वालिङमा प्रदेश स्तरीय विरोध कार्यक्रमकै क्रममा मन्त्रीलाई कालो झण्डा देखाएको तरुण दल वालिङ नगर सभापति आशीषप्रताप खाँणले बताए । 

नेपाली कांग्रेसको केन्द्रीय कार्यक्रम अनुसार आज ३३० वटा प्रदेशमा विरोधसभा भइरहेका बेला स्याङ्जाको वालिङ आएकी मन्त्री अर्याललाई कांग्रेसका कार्यकर्ताहरुले कालोझण्डा प्रदर्शन गरेको स्याङ्जाबाट पत्रकार प्रकाश डोटेलले जनाएका छन् ।

Global Ime bank

कालो झण्डा देखाउने तरुण दल तथा नेविसंघका नेता कार्यकर्ता र प्रहरीबीच सामान्य झडपसमेत भएको थियो । 

मन्त्री अर्याल मुल बाटोमा नेपाली काँग्रेसको विरोधसभालाई छलेर भित्री बाटोबाट नेकपाले आयोजना गरेको कार्यक्रम स्थलमा गएकी थिइन् ।


 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, पुस २५, २०७७  १७:५९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement