site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
‘गेम अफ थ्रोन्स’मा गेम बनाउने लिन चीको निधन
Sarbottam CementSarbottam Cement

एजेन्सी । चर्चित अमेरिकी टीभी सिरिज ‘गेम अफ थ्रोन्स’मा गेम बनाएका गेम डेभलपरको निधन भएको छ ।

३९ वर्षीय लिन ची नामका चिनियाँ टाइकुनको विष सेवनका कारण निधन भएको बताइएको छ । उनी युजू नामक गेम डेभलपर कम्पनीका अध्यक्ष र प्रमुख कार्यकारी थिए ।

उनलाई गेम अफ थ्रोन्सः विन्टर इज कमिंग स्ट्रैटिजी नाम गेम निर्माताका रुपमा पनि चिनिन्छ ।

Prabhu Bank
Agni Group
NIC Asia

लिन चीलाई विष खुवाएर मारेको पुष्टि संघाई प्रहरीले गरेको छ । प्रहरीले एक बयान जारी गर्दै एक शंकास्पद व्यक्तिको बारे लिनका नजिकका एक व्यक्तिलाई बताएको छ । यद्यपि, ती व्यक्तिको नाम भने गोप्य राख्दै प्रहरीले जू उपनाम दिएको छ । उनको क्रिसमसको दिन निधन भएको हो ।

हुरुन चाइना रिच लिस्टका अनुसार लिनको जम्मा सम्पत्ति करिब एक अर्ब डलर थियो ।

Global Ime bank

कम्पनीले आफ्नो आधिकारिक भिवो माइक्रोब्लगमा एउटा भावनात्मक बयान जारी गर्दै लेखेको छ, “गुडबाई युवा... हामी एकजुट हुनेछौं, दयालु रहनेछौँ, साँचो कुरामा विश्वास गर्छौँ र जे गलत भएको छ, त्यसको विरुद्ध लडाइँ जारी राख्ने छौँ ।”

कम्पनीको यस पोस्टलाई भिवोमा २९ करोडभन्दा धेरैपटक हेरियो ।

गेम अफ थ्रोन्ससँग सम्बन्धितबाहेक युजू कम्पनीले ब्राल स्टारजस्ता थुप्रै सुपरहिट गेम बनाएको छ । 

बीबीसी हिन्दीबाट ।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, पुस १४, २०७७  १४:२१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय