देश

काठमाडौं । भक्तपुरमा बलात्कार आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुलीको दुधौली नगरपालिका–१२ का २४ वर्षीय तिलक घिसिङ छन् ।
२३ वर्षीया एक युवतीको बलात्कार गरेको उनीमाथि आरोप छ । शुक्रबार (असार २०) साँझ उनलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।
यही असार ४ गते चाँगुनारायण नगरपालिका–७, वागेश्वरीमा तिलकले बलात्कार गरेको भन्ने उजुरीका आधारमा प्रहरीले पक्राउ गरेको हो । उनी काठमाडौंको नक्सालमा बस्दै आएका थिए ।
प्रकाशित मिति: शनिबार, असार २१, २०८२ १६:४०
प्रतिक्रिया दिनुहोस्