site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
‘स्टोरी बैंक’को कार्यविधि तयार, के-छ कार्यविधिमा ?
Sarbottam CementSarbottam Cement

काठमाडौं । चलचित्र विकास बोर्डले चलचित्र ‘स्टोरी बैंक’ खडा गर्न गठन गरेको कार्यविधि निर्माण समितिले ‘स्टोरी बैंक कार्यविधि-०७७’ तयार पारेर बोर्डलाई बुझाएको छ । बोर्डका सदस्य-सचिव महेन्द्रबहादुर साँखीको संयोजकत्वमा गठन भएको मस्यौदा समितीले गत शुक्रबार कार्यविधि बुझाएको हो ।

समितिको सह-संयोजकमा नवल खड्का र सदस्यहरुमा विकासराज आचार्य, मीन भाम, फूलमान वल, छिरिङ रितार शेर्पा, केकी अधिकारी, दीपेन्द्र के. खनाल, विकास आचार्यलगायत ११ जना थिए । 

आउँदो शुक्रबार बोर्डको बैठक बसेर औपचारिक घोषणा गर्ने तयारी रहेको बोर्ड अध्यक्ष दयाराम दाहालले जानकारी दिए । ‘स्टोरी बैंक’ तयार भएपछि बोर्डले मौलिक कथा समेटिएको स्क्रिप्टलाई चलचित्र निर्माणका लागि सहयोग गर्नेछ । वर्षमा कम्तीमा पाँचवटा मौलिक चलचित्र निर्माणमा सहयोग गर्ने बोर्डको तयारी रहेको अध्यक्ष दाहाल बताउँछन् । पहिलो वर्ष भएकाले यो वर्ष कम्तिमा दुईवटा चलचित्रलाई सहयोग गर्न बोर्डले मन्त्रालयसँग पहल गर्नेछ । 

Prabhu Bank
Agni Group
NIC Asia

के छ कार्यविधिमा ?

बोर्डलाई प्राप्त कार्यविधिमा सर्ट फिल्मदेखि फिचर फिल्म निर्माणमा सरकारको सहयोग कस्तो रहने भन्‍ने सुझाव छ । चलचित्र विकास बोर्डले को-प्रोडक्सन गर्ने, राम्रो स्क्रिप्ट आएको अवस्थामा आफैं बोर्डले आफैं चलचित्र बनाउन सक्ने, चलचित्र लेखकहरुलाई सुरुमै आर्थिक सहयोग गरेर राम्रो स्क्रिप्ट लेखनका लागि प्रोत्साहन गर्नेलगायत सुझाव कार्यविधिमा रहेको मस्यौदा कार्यविधि समितिका एक सदस्यले जानकारी दिए ।

Global Ime bank

“कार्यविधिमा धेरै राम्रा कुरा छन् । त्यसलाई बोर्डले हुबहु पारित गर्छ कि गर्दैन र गरेको अवस्थामा कार्यान्वयन हुन्छ कि हुँदैन भन्‍ने मुख्य कुरा हो,” कार्यविधि समितिका एक सदस्यले बाह्रखरीसँग भने, “विदेशी अवार्डमा नेपाली चलचित्रको सहभागिताका कुरा छन् । सर्ट फिल्म, फिचर फिल्म र डकुमेन्ट्रीलाई समेत कार्यविधिले समेटेको छ ।”

लेखनमै कमजोर रहेको नेपाली चलचित्रको अवस्थालाई ख्याल गरेर लेखकलाई प्रोत्साहन गर्दै चलचित्रको जगदेखि नै बलियो बनाउने योजना कार्यविधिमा रहेको ती सदस्य बताउँछन् । कार्यविधिले छनोट भएका स्क्रिप्टलाई प्रतिचलचित्र कति आर्थिक सहयोग गर्ने त्यो भने उल्लेख गरेको छैन । “आर्थिक सयोग गर्ने भन्‍ने छ । सरकारले कति सहयोग गर्छ भन्‍ने स्पष्ट नभएकाले हामीले अमाउन्ट तोक्न भने सकेनौं,” ती सदस्य भन्छन् । कति सहयोग गर्ने त्यो बोर्डले नै तोक्नेछ ।

कार्यविधि पारित भएर मेकरले सहयोग पाएको अवस्थामा राम्रो स्क्रिप्ट भएर पनि बजेट अभावमा सम्झौता गरेर जबरजस्ती चलचित्र सक्नुपर्ने अवस्थाको अन्त्य हुँदा राम्रो चलचित्र बन्‍ने समितिको विश्वास छ । 

के-हो ‘स्टोरी बैंक’ ?

चलचित्र विकास बोर्डले ‘स्टोरी बैंक’ स्थापना गरेपछि हरेक वर्ष चलचित्र निर्माणका लागि सरकारको सहयोग चाहने मेकहरुसँग स्क्रिप्ट पठाउन आग्रह गर्नेछ । मेकरहरुबाट आएका स्क्रिप्टमध्ये ‘स्टोरी बैंक’मा रहेका सदस्यहरुले प्राप्तमध्ये राम्रा केही स्क्रिप्ट छनोट गर्नेछ । मौलिक कथावस्तु समेटिएका स्क्रिप्ट ‘स्टोरी बैंक’ले छान्‍नेछ र ती चलचित्रलाई आर्थिक सहयोग गर्नेछ । 

‘स्टोरी बैंक’मा स्क्रिप्ट छनोटका लागि चलचित्र, संस्कृति र कला-साहित्यका विज्ञहरु रहने बोर्डले बताउँदै आएको छ । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज १५, २०७७  ०९:२७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC