site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
विद्यालय सञ्‍चालन : शिक्षकको पीसीआर परीक्षण अनिवार्य
Ghorahi CementGhorahi Cement

विराटनगर । प्रदेश १ को हिमाली जिल्ला ताप्लेजुङमा तुलनात्मक रुपमा अन्यत्रभन्दा कोरोना संक्रमणको दर न्यून छ । सामाजिक विकास मन्त्रालयका अनुसार हालसम्म यो जिल्लामा जम्मा १६ जना कोरोना संक्रमित फेला परेका छन् । तीमध्ये दुई जना उपचारमा छन् । अरु डिस्चार्ज भइसकेका छन् । तर, जिल्लामा विद्यार्थी र जनस्वाथ्यलाई ख्याल गर्दै स्थानीय पालिकाहरुले भने विद्यालय सञ्‍चालन गर्न निकै कडा नियमहरु जारी गरेका छन् । 

फुङलिङ नगरपालिकाले सामुदायिक विद्यालय सञ्‍चालन गर्ने तयारी थालिसकेको छ तर पहिलो शर्त 'सबै शिक्षकको पीसीआर टेस्ट र रिपोर्ट नेगेटिभ आएको हुनुपर्ने' छ । नगरपालिकाका उपप्रमुख बमबहादुर भट्टराई भन्छन्,“जनस्वास्थ्यसँग खेलबाड गर्न सकिँदैन । फेरि विद्यालयका स-साना नानीहरुमा संक्रमण फैलियो भने कठिन हुनसक्छ, त्यसैले बाहिरका तर हाम्रो जिल्लामा आएर पढाउनु हुने सबै शिक्षकले अनिवार्य पीसीआर टेस्ट गर्नुपर्ने नियम लगाएका हौं ।” 

उनले फुङलिङमा विद्यालय सञ्‍चालनको समस्या र सम्भावनाको उपायबारे अभिभावकसँग पनि छलफल गरिएको सुनाए । शिक्षा समितिको बैठकले सबै वडाध्यक्षसँग छलफल गरेको र विद्यालयबाट टाढा गएका विद्यार्थीलाई पुनः कक्षासम्म जोड्न समस्या हुने आंकलन गरेको बताए । 

Agni Group

भोजपुर पनि अन्य जिल्लाको तुलनामा संक्रमित थोरै भएको जिल्ला हो । तर, भोजपुरका कतिपय पालिकाले स्वास्थ्यसम्बन्धी नियमलाई कडाइसाथ लागु गर्ने नीति लिएका छन् । तिनैमध्येको एक हो- भोजपुर नगरपालिका । नगरपालिकाले विद्यालय सञ्‍चालन गर्ने विषयमा सम्झौता गर्न नसकिने बरु विद्यार्थी, अभिभाव र शिक्षकको स्वास्थ्यलाई केन्द्रमा राखेर मात्र निर्णय लिने रणनीति लिइएको जनाएको छ । 

नगरपालिकाकी उपप्रमुख ममिता राईले भौतिक दूरी कायम गराएर विद्यालय सञ्‍चालन गर्ने तयारी रहे पनि शिक्षकहरुले पीसीआर नेगेटिभ रिपोर्ट लिएर आउनु पर्ने नियम लगाइएको बताइन् । उनले भनिन्,“हामी भौतिक दूरी कायम गर्दै र सरकारले जारी गरेको स्वास्थ्य निर्देशिकाको पूर्ण पालना गर्दै विद्यालय खोल्न सक्छौं तर शिक्षकहरुको पीसीआर टेस्ट अनिवार्य गर्नुपर्ने हाम्रो पहिलो शर्त छ ।” 

Global Ime bank

उनले खासगरी जिल्ला बाहिर र पालिका बाहिरका शिक्षकहरुसमेत अध्यापनमा रहेकोले यस्तो नियम अनिवार्य गरिएको सुनाइन् । भोजपुरमा कोरोना संक्रमितको संख्या ३० जना छ । हाल २० जना उपचारमा छन् । १० जना डिस्चार्ज भईसकेका छन् ।

हिमाली जिल्ला सोलुखुम्बुमा प्रवेश गर्नेले पीसीआर परीक्षणको नेगेटिभ रिपोर्ट अनिवार्य पेश गर्नुपर्ने नियम लगाइएको छ । हवाईजहाजबाट आउने पर्यटकहरुको लागि समेत यस्तो नियम अनिवार्य गरिएको छ । सोलुखुम्बुका कतिपय पालिकाहरुमा विद्यालयमा पठनपाठन सञ्‍चालन गर्न सरकारका स्वास्थ्यसँग सम्बन्धित नियमलाई कडाइसाथ लागु गरिएको छ । सोलुखुम्बुमा संक्रमित हुनेको संख्या ८ जना छ । हाल एक जनामा मात्र संक्रमण देखिएको छ । 

उदयपुरको त्रियुगा नगरपालिका कोरोनाको इपिसेन्टरकै रुपमा परिचित छ । प्रदेश १ मा पहिलोपटक त्रियुगाको भुल्केका एकै पटक १२ जनामा कोरोना संक्रमण देखिएको थियो । नगरपालिकाकी उप–प्रमुख देवीकुमारी चौधरीले भनिन्,“कोरोनाको जोखिम घटेको छैन झन् बढ्दो छ यस्तोमा कसरी विद्यालय खोल्ने भन्ने चिन्ता त छँदैछ तर हामी उपायबारे पनि छलफल गरिरहेका छौं ।” 

उनले सामुदायिक विद्यालयका विद्यार्थीले लामो समयसम्म विद्यालय जान नपाएकोले फेरि उनीहरुलाई बानी लगाउन निकै कठिन हुने बताइन् । अनलाइन कक्षा सञ्‍चालन गर्न र सबै विद्यार्थीलाई समेट्न भौगोलिक अवस्थाले पनि गाह्रो भएको उनले सुनाइन् । उदयपुरमा संक्रमितको संख्या १३२ जना पुगेको छ । 

प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले प्रदेशका कतिपय पालिकाले ठाउँ र परिस्थिति हेरेर आफू अनुकूल नियम लगाएको बताउँदै भने,“भूबनोट, स्थानीय परिस्थिति र स्थानीयको चाहनाअनुसार नै निर्देशिका पालना गरिने हो ।” उनले सबै पालिका र विद्यालयलाई एउटै सुत्रको नियम र निर्देशन दिन नसकिने बताए । उनल थपे,“आफ्नो परिस्थितिअनुसार नियम लागु हुने हुन् । विद्यालय सञ्‍चालनमा पनि त्यही सुत्रले काम गर्ने हो ।”

फाइल तस्बिर : मोरङको बेलबारी नगरपालिकाको लक्ष्मीमार्गस्थित सामुदायिक विद्यालयका विद्यार्थी । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज १४, २०७७  १९:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC