site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
कलाकार स्व. मनुजबाबु मिश्रको नयाँ कृति ‘एकलानुभूति सार्वजनिक ’
Ghorahi CementGhorahi Cement

काठमाडौं । करिब ३० वर्ष काठमाडौंको बौद्ध महांकालस्थित आफ्नो कलाकुटीमा एकान्तवास बसेका कला एवम् साहित्यका विशिष्ट स्रष्टा स्व. मनुजबाबु मिश्रका निबन्धहरूको संग्रह ‘एकलानुभूति’ मंगलबार सार्वजनिक भएको छ ।

उनका यसअघि प्रकाशित ६ वटा निबन्ध संग्रहबाट चर्चित साहित्यकार अमर न्यौपानेले छानेका निबन्ध ‘एकलानुभूति’मा संग्रहित छन् । मिश्रका विभिन्‍न निबन्ध संग्रहका फरक-फरक अनुहारका रूपमा यो पुस्तक रहेको न्यौपानेले बताए । 

Agni Group

"एउटै मनुजबाबु मिश्रमा तारानाथ शर्माको जस्तो झर्रो शैली, लक्ष्मीप्रसाद देवकोटाको जस्तो स्वच्छन्दता र भैरव अर्यालको जस्तो हास्यव्यङ्ग्य पाइन्छ," न्यौपानेले भने, "उनको लेखनमा अद्भुत बौद्धिकता, अनुभूतिको तीव्रता र स्मरणशक्तिको गहिराइ पाइन्छ । जुन विषयवस्तुमा उनी निबन्ध लेख्छन्, पाठकले नसोचेको तर सोच्नुपर्ने ठाउँमा पुर्‍याउँछन् ।"

मनुजबाबु मिश्र एक परिचित नेपाली निबन्धकार रहेको प्राध्यापक एवम् लेखक अभि सुवेदीले बताए । "उनका निबन्धमा निजत्व र विचारको प्रभावकारी संयोजन हुन्छ । एक कलाकार भएका कारणले मिश्र निबन्धलाई पनि तूलिकाघात गरेर बनाउने कलाका रूपमा लिन्छन्," सुवेदी भन्छन्, "त्यसैले उनका चित्रकलामा जस्तै निबन्धमा उपमा र उपमेयका सूक्ष्म रचना नभएर दृष्टिगोचर, सोझै प्रभाव सिर्जना गर्ने भाष्यको प्रयोग गरिएको हुन्छ ।"

Global Ime bank

मिश्रले ज्ञान, विज्ञान र निजत्व बुझाउने संस्मरणजन्य विषयलाई आफ्ना निबन्धमा प्रयोग गर्छन्, जुन उनको एक निबन्धकारका रूपमा मौलिक विशेषता रहेको सुवेदीको भनाइ छ ।

मिश्रका कला अन्तर्राष्ट्रिय रूपमा प्रदर्शित एवम् प्रतिष्ठित छन् । निबन्ध, उपन्यास, बाल साहित्य र कलाका इतिहास गरी डेढ दर्जनभन्दा बढी पुस्तक लेखेका उनले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कार पाएका छन् । मिश्रको यो निबन्ध संग्रहमा जीवनजगत्‌का त्का विविध पक्षलाई सटिक ढंगले प्रस्तुत गरिएको छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज १३, २०७७  १९:२४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC