site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
 मन्त्रिपरिषद् पुनर्गठन गर्न ओली-प्रचण्डले थाले गृहकार्य

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् हेरफेर, पुनर्गठन गर्न गृहकार्य थालेका छन् । पार्टी अध्यक्षसमेत रहेका ओली र प्रचण्डबीच बिहीबार बालुवाटारमा झण्डै दुईघण्टा छलफल चलेको थियो ।

बिहीबारको कुराकानी मन्त्रिपरिषद् बैठकलाई पुनर्गठन गर्नेमै केन्द्रित रहेको स्रोतको दाबी छ । भदौ २६ गते बसेको पार्टी स्थायी कमिटीको बैठक र असोज ४ गते बसेको सचिवालय बैठकले मन्त्रिपरिषद् पुनर्गठन गर्ने सैद्धान्तिक निर्णय गरेको थियो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

पार्टीका नेताहरूको राय-सुझावलाई ध्यानमा राखेर दुई अध्यक्षले छलफल थालेको स्रोतको दाबी छ । बिहीबारको दुई अध्यक्षले नाममा विषयमा भने  छलफल नगरेको प्रचण्ड निकट स्रोतले भन्यो ।

“विषय प्रवेश भएको छ,” स्रोतले भन्यो, “अब छिट्टै पुनर्गठन गर्नेगरी अध्यक्षद्वयले गृहकार्य थाल्नुभएको छ ।”

प्रकाशित मिति: बिहीबार, असोज ८, २०७७  १७:१९
प्रतिक्रिया दिनुहोस्