site stats
बाह्रखरी :: Baahrakhari
विशेष
उपत्यकामा जोर-बिजोरमा हटेको छैन, अटेरी गरे कारबाही : एसएसपी ढकाल

काठमाडौं । आजबाट लामो दूरीमा सवारीसाधन सञ्चालनमा आए पनि काठमाडौं उपत्यकाभित्र भने जोर-बिजोर यथावत् छ । लामो दूरीमा भने जोर-बिजोर लागु छैन । तर काठमाडौं उपत्यकामा भने जोर-बिजोर प्रणालीमा भने थप कडाइ गरिने भएको छ ।

महानगरीय ट्राफिक महाशाखाका एसएसपी भीमप्रसाद ढकालले भने, “हामी सडकमा सक्रिय छौं । उपत्यकाभित्र सवारी साधनमा जोर-बिजोर यथावत् छ । यसविरुद्ध जानेलाई कानुनी कारबाही गर्छौं ।”

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उनले उपत्यका बाहिरिने र भित्रिने भन्दै विभिन्‍न बहानामा उपत्यकाभित्रै सवारी गुडाइरहनेलाई पनि कारबाहीको दायरमा ल्याइने बताए । उपत्यकामा जोर गते जोर तथा बिजोर गते बिजोर नम्बरका सवारीसाधन सञ्चालन हुँदै आएका छन् ।

यस्तै आजबाटै लामो, मध्यम र छोटो दूरीका सवारीसाधन पनि सञ्चालनमा आएका छन् ।

यातायात खुलेसँगै उपत्यकाभित्र आउजाउमा सहज

प्रकाशित मिति: बिहीबार, असोज १, २०७७  ११:३८
प्रतिक्रिया दिनुहोस्