site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
आजबाट लामो दूरीका सवारी साधन तथा आन्तरिक उडान सञ्चालन
Tiktok banner adTiktok banner ad

काठमाडौं । आजबाट लामो दूरीमा सवारीसाधन सञ्चालन हुने भएका छन् । सरकारले गरेको निर्णय अनुसार आजबाट लामो दूरीका सवारीसाधन पनि सञ्चालनमा आउने भएका हुन् । 

लामो दूरीमा सवारी साधन सञ्चालन गर्दा एकपंक्तिमा रहेको सिटमा एकजनामात्रै यात्रु राख्न पाइनेछ भने व्यवसायीले ५० प्रतिशतसम्म भाडा बढी लिन पाउनेछन् ।

सिट क्षमताको ५० प्रतिशतमात्रै सिटमा यात्रु राख्न पाइनेछ । 

त्यसैगरी आजैबाट आन्तरिक उडान पनि सञ्चालन हुनेछ । आन्तरिक उडानमा पनि ५० प्रतिशतमात्रै यात्रु राख्न पाइनेछ । एकातिरको पंक्तिको सिटमा एकजना मात्रै, मास्क र भाइजर अनिवार्य लगाउनुपर्ने व्यवस्था सरकारले गरेको छ ।

यसैबीच, काठमाडौंमा भने जोर विजोर प्रणाली लागु भएको छ । कोरोना संक्रमणको जोखिम कायम रहेको भन्दै काठमाडौं जिल्ला प्रशासन कार्यालयले काठमाडौंमा जोर विजोर प्रणाली लागु गर्ने निर्णय गरेको हो । 

सरकारले ६ महिना पछि लामो दूरीका सवारी साधान तथा आन्तरिक उडान सञ्चालन गर्न आजबाट खुला गरेको हो । 

फाइल तस्बिर

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज १, २०७७  ०६:३२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro