site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
साढे दुई महिनापछि 'टुंगियो' नेकपाको आन्तरिक विवाद 
Sarbottam CementSarbottam Cement

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आन्तरिक विवाद साढे दुई महिनापछि टुंगिएको नेकपा नेताहरुले दाबी गरेका छन् । 

असार १० गतेबाट सुरु भएको नेकपा स्थायी कमिटी बैठक शुक्रबार टुंगिएको हो । स्थायी कमिटी बैठक जारी रहँदै एकाएक प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरिएको नेकपाको आन्तरिक विवाद चुलिएको छ । 

शुक्रबार बसेको स्थायी कमिटी बैठक आजैबाट समाप्त भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । उनले भने, "आजको बैठकमा दुई जना अध्यक्षहरुले आफ्नो प्रस्ताव प्रस्तुत गर्नुभयो । जुन प्रस्ताव बिहीबार नै सबै स्थायी कमिटी सदस्यहरुलाई अध्ययनका लागि उपलब्ध गराइएको थियो । उक्त प्रस्तावमा १३ जना स्थायी कमिटीका सदस्यहरुले आफ्नो धारणा राख्‍नुभएको छ ।" 

Prabhu Bank
Agni Group
NIC Asia

प्रवक्ता श्रेष्ठका अनुसार रघु पन्त, भिम आचार्य, लिलामणी पोखरेल, देव गुरुङ, माधवकुमार नेपाल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, घनश्याम भुषाल, मातृका यादव, भिम रावल, अमृत बोहोरा, झलनाथ खनाल र प्रवक्ता आफैंले उक्त प्रस्तावमा आफ्नो धारणा व्यक्त गरेका थिए । 

बैठकमा स्थायी कमिटीका सदस्यहरुले आफ्नो धारणा राखिसकेपछि अध्यक्ष प्रचण्ड उक्त धारणाहरुमाथि आफ्नो विचार व्यक्त गरेकोसमेत प्रवक्ता श्रेष्ठले बताए । बिहीबार लिखितरुपमा पठाएका सुझाव र शुक्रबार उठाइएका प्रस्तावहरुलाई समेट्‍ने गरी बैठकले पारित गरेको छ । 

Global Ime bank

जसमा पार्टी एकताको ऐतिहासिक महत्वलाई आत्मसाथ गर्दै पार्टी एकतालाई थप सुदृढ बनाउने संकल्प प्रस्ताव पारित गरेको, पार्टी सञ्‍चालनमा भएका कमिकमजोरीलाई सच्याउने र आगामी दिनमा पार्टी विधि र पद्धती अनुसार अघि बढाउने निर्णय गरेकोसमेत प्रवक्ता श्रेष्ठले बताए । 

उनले थपे, "त्यसैगरी अध्यक्षको कार्यविभाजनको सन्दर्भमा प्रधानमन्त्रीले सरकारको नेतृत्व गर्ने र प्रचण्डले पार्टी कामको नेतृत्व गर्ने निर्णय भएको छ । सरकार पार्टीको मार्गनिर्देशनमा सञ्‍चालन हुने र दैनिक काममा पार्टीले हस्तक्षेप नगर्ने र महत्वपूर्ण निर्णयहरु लिँदा पार्टीका मार्गनिर्देशनलाई केन्द्रमा राखेर निर्णय गर्ने । यसरी राष्ट्रिय महत्वका निर्णयहरुमा सचिवालय र दुई अध्यक्षको परामर्शमा सरकारले निर्णय लिनेसमेत निर्णय भएको छ ।" 

त्यसैगरी पार्टीको महाधिवेशन ०७७ चैत २५-३० गतेसम्म काठमाडौंमा आयोजना गर्ने पनि निर्णय भएको जनाइएको छ । त्यसको तयारीका लागि पार्टी केन्द्रीय कमिटीको बैठक कात्तिक १५-१७ सम्म बस्‍ने निर्णय गरेको छ । 

त्यसैगरी पार्टीले नेपाल-भारत सीमा समस्या समाधानका लागि र नेपाली भूमिमा रहेका विदेशी सेनालाई फिर्ता पठाउने गरी सरकारले चालेको कदमप्रति सरकारलाई धन्यावद दिएकोसमेत पार्टी प्रवक्ता श्रेष्ठले बताएका छन् । 

उनले भने, "अब भारतसँग राजनीतिक र कूटनीतिक वार्तामार्फत नै सीमा समस्या समाधान गर्न आवश्यक भएको निष्कर्ष पार्टीले निकालेको छ । सरकारले यस विषयमा लिएको पहललाई अझ प्रभावकारी रुपमा अघि बढाउने भएको छ ।" 

कोभिड-१९ का बारेमा सरकारले अहिलेसम्म लिएको नीति, योजना र कार्यक्रमलाई सकारात्मक रुपमा लिँदै यसको प्रभावकारी नियन्त्रणमा लिँद यसको समाधानका लागि राष्ट्रिय एकताका साथ अघि बढ्ने पनि स्थायी कमिटीले निर्णय गरेको छ । फ्रन्टलाइनमा रहेका चिकित्सकलगायतका पेशाकर्मीको चासोलाई सम्बोधन गर्ने निर्णय गरेको छ ।

एमसीसीको हकमा यसलाई आवश्यकता अनुसार संसोधन र परिमार्जन गरी अनुमोदन गर्ने निर्णय गरेको प्रवक्ता श्रेष्ठले जानकारी दिए । उनले भने, "परिमार्जनको विषयमा झलनाथ खनाल नेतृत्वको टोलीले तयार गरेको प्रतिवेदनलाई आधार बनाएर पार्टीभित्र थप छलफल गर्ने निर्णय भएको छ । 

उनले भने, "प्रधानमन्त्री ओलीले पार्टी एकताको नयाँ उचाईमा पुगेको र अन्तरविरोध र देशीविदेशी शक्तिहरुले पार्टी फुटाउने विषयमा असफल भएको बताउनुभएको थियो ।" 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, भदौ २६, २०७७  १६:४४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ann KFCAnn KFC
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC