site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
जातीय सद्‌भावका लागि मेलानिया ट्रम्‍पको अपिल, भनिन्- तपाईंहरु एक्लो हुनुहुन्‍न
Sarbottam CementSarbottam Cement

वासिङ्टन । अमेरिकी पहिलो महिला मेलानिया ट्रम्पले जातीय सद्‌भावका लागि अपिल गरेकी छन् । 

ह्‍वाइट हाउसबाट रिपब्लिकन पार्टीको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले जातीय सद्‌भावका लागि आग्रह गरेकी हुन् । विस्कन्सिनमा पछिल्लो समय जातीय दमनविरुद्ध भइरहेको प्रदर्शनमा प्रहरीमाथि प्रदर्शनकारीहरुको निरन्तरको आक्रमण भइरहेका बला उनले 'हिंसा र लुटपाट बन्द गर्न' अपिल गरेकी हुन् । 

उनले अमेरिकीहरूलाई जातीमा आधारित अनुमानहरु नगर्नसमेत आग्रह गरेकी छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

उनले भनिन्, "यो कठोर यथार्थ हो कि हामी आफ्नो इतिहासको कुनै पनि अंशप्रति गर्व गर्दैनौं । विगतबाट पाठ सिक्दै भविष्यप्रति ध्यान केन्द्रित गर्न म तपाईंलाई प्रोत्साहित गर्दछु ।"

"म मानिसहरूलाई सभ्य तरिकाले एकजुट हुन आग्रह गर्दुछु । हामी हरेको कान गर्न सक्षम छौं र हाम्रा अमेरिकी आदर्शहरू अनुसार जीवन व्यतित गर्न सक्छौं," उनले थपिन्, "न्यायको नाममा भइरहेको हिंसा र लुटपाट तत्काल रोक्न पनि आग्रह गर्छु, र व्यक्तिको शरीरको रङका आधारमा अनुमानहरु नगर्न अपिल गर्दछु ।"

Global Ime bank

उनले कोरोना भाइरसको महामारीबाट प्रभावित अमेरिकीप्रति सहानुभूति प्रकट गर्दै कोरोनाबाट ज्यान गुमाउने एक लाख ७८ हजार अमेरिकीलाई श्रद्धाञ्‍जली अपर्ण गरेकी थिइन् । 

उनले भनिन्, "मलाई थाहा छ, अमेरिकीहरु निकै आक्रोशित हुनुभएको छ । केहीले एक्लोपनाको महसुस गर्नुभएको छ । म तपाईंलाई आश्‍वस्त पार्न चाहन्छु कि तपाईं एक्लो हुनुहुन्‍न । तपाईंहरुको साथमा हामी छौं ।" 

मंगलबारको सम्मेलन आइतबार गोली हानी मारिएका २९ वर्षीय काला जातिका युवक ज्याकोब ब्लेकप्रति श्रद्धाञ्‍जली अर्पण गर्दै सुरु गरिएको थियो । ब्लेकको मृत्युपछि विस्कन्सिनमा आन्दोलन भड्किएको छ । 

राष्ट्रपति ट्रम्पले प्रदर्शनकारीहरुले निरन्तर प्रहरीमाथि आक्रमण जारी राखे नेसनल गार्ड परिचालन गर्न आग्रह गरेका छन् । 

आगामी नोभेम्बरमा हुने निर्वाचनमा अमेरिकी राष्ट्रपति ट्रम्पले डेमोक्रेट उम्मेद्‍वार जो बाइडेनसँग प्रतिस्पर्धा गर्दै छन् । यसअघि डेमोक्रेटको राष्ट्रिय सम्मेलन भएको थियो । -बीबीसी

NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ १०, २०७७  १५:३४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC