site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
ओली–प्रचण्ड भेट, ३–४ दिनभित्रै निकास निकाल्ने समझदारी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच पार्टीको गत्यावरोध अन्त्य गर्ने विषयमा आज पनि छलफल भएको छ । बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा तीन–चारदिनभित्रै निकास निकाल्ने विषयमा छलफल भएको स्रोतको दाबी छ ।

आजको छलफलमा नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ पनि सहभागी थिए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“पार्टीभित्रको विवाद निकासको बाटोमा तीव्ररूपमा अघि बढिरहेको छ । अब तीन–चारदिनभित्रै समझदारी हुने बुझेका छौं,” स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले जानकारी दिए । यसैबीच पार्टी मुख्यालय धुम्बाराहीमा कार्यदलको बैठक पनि जारी छ । कार्यदलले आजभोलि नै सुझाव तयार पारेर अध्यक्षद्वयलाई बुझाउने तयारी गरिरहेको धुम्बाराही स्रोतको दाबी छ ।

कार्यदलले बुझाएको सुझाव–प्रतिवेदनलाई अध्यक्षद्वयले प्रस्तावको रूप दिनेछन् । त्यसलाई सचिवालयको बैठकबाट पारित गरेर स्थायी कमिटीमा पेस गर्ने तयारी रहेको नेकपाका नेता बताउँछन् ।

प्रकाशित मिति: मंगलबार, भदौ २, २०७७  १६:२७
प्रतिक्रिया दिनुहोस्