site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
शैक्षिक संस्थादेखि सिनेमा हलसम्म अर्को सूचना नभएसम्म बन्द नै रहने 
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । सरकारले शैक्षिक संस्थादेखि सिनेमा हलसम्म अर्को सूचना नभएसम्मका लागि बन्द रहने निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । बैठकका निर्णय सार्वजनिक गर्दै सूचनामन्त्री डा. युवराज खतिवडाले अर्को सूचना नभएसम्मका लागि शैक्षिक संस्था, प्रदर्शन, मेला, भेला, सिनेमा हल, स्वीमिङ पूललगायत बन्द नै रहने बताए ।

त्यस्तै भर्ना तथा लामो दूरीका यातायात भदौ १६ गतेसम्म बन्द रहनेछन् भने बैंक, वित्तीय संस्थामा आधामात्रै कर्मचारी बोलाएर काममा लगाउन सरकारले निर्देशन दिएको छ । मन्त्रिपरिषद्को निर्णय सुनाउँदै मन्त्री खतिवडाले भने, “बैंक, वित्तीय संस्था तथा अन्य कार्यालयहरुमा वर्क फ्रम होमको व्यवस्था गर्ने निर्णय गरेका छौं ।”
फाइल तस्बिर 

प्रकाशित मिति: मंगलबार, साउन २७, २०७७  १७:२१
प्रतिक्रिया दिनुहोस्