site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
पाँच फर्म र २ व्यक्तिद्वारा ७७ करोड रुपैयाँ राजस्व छली, उच्च अदालतमा मुद्दा दायर
Sarbottam CementSarbottam Cement

काठमाडौं । राजस्व छली गर्ने पाँचवटा फर्म र दुई जनाविरुद्ध राजस्व अनुसन्धान विभागले अदालतमा मुद्दा दायर गरेको छ । भन्सार चोरी पैठारी र झुटा तथा नक्कली मूल्य अभिवृद्धि कर बिजक प्रयोग गरी राजस्व चुहावट गरेको अभियोगमा ती कम्पनी तथा व्यक्तिविरुद्ध मुद्दा दायर गरिएको हो ।

विभागले दुई जनालाई ४३ करोड र बाँकी पाँच फर्मलाई ३४ करोड रुपैयाँ बिगो दाबी गरेको हो । सबैलाई जरिवाना एवं कैद सजायसमेतको माग दाबीसहित उच्च अदालत पाटनमा मुद्दा दायर गरिएको छ ।

विभागका अनुसार दुईजनाले विदेशबाट मोबाइललगायत इलेक्ट्रोनिक्स सामान चोरी पैठारी गरी राजस्व चुहावट गरेका हुन् उनीहरू काठमाडौं महानगरपालिका १५ का स्थायी बासिन्दा हुन् । ग्रान्डी अपार्टमेन्टमा बस्‍ने मयूर मालाकारसमेत दुई जनालाई ४३ करोड १८ लाख ९५ हजार ४३१ रुपैयाँ बिगो कायम गरिएको छ । विभागले बिगो असुल गरी जरिवाना र कैद सजायको माग दाबीसहित उच्च अदालत, पाटनमा मुद्दा हालेको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

यसैगरी न्यु कोइराला ब्रदर्स इन्टरप्राइजेजले झुटो तथा नक्कली मूल्य अभिवृद्धि कर बिजक प्रयोग गरेको पाइएको छ । जसको अभियोगमा फर्मबाट १ करोड ७० लाख १९ हजार ८ सय ५५ रुपैयाँ बिगो कायम गरिएको छ ।

काठमाडौं महानगरपालिका महाबौद्धमा ठेगाना राखी कारोबार गर्ने समर ट्रेडर्सविरुद्ध पनि राजस्व चुहावट गरेको अभियोगमा चार करोड ५८ लाख दुई हजार दुई सय ३९ रुपैयाँ जरिवाना एवं कैद सजायको माग दाबी गरिएको छ ।

Global Ime bank

उसले आयात गरेका मालवस्तुको सबै बिक्री नदेखाएको, कतिपय मालवस्तुको आयातभन्दा बिक्री बढी देखिएको, तर आयात गरेको नदेखिएको देखिएको छ ।

नक्कली मूअ कर बिजक प्रयोग गर्ने जिमी ग्रुप प्रालिविरुद्ध पनि १८ करोड ३३ लाख रुपैयाँ बिगो असुल गर्न माग गरिएको छ ।

ललितपुर महानगरपालिका ३ स्थित न्यु क्रियसन इम्पेक्स प्रालि र काठमाडौं महानगरपालिका २८  स्थित बीएस ट्रेड इन्टरनेसनलविरुद्ध पनि राजस्व चुहावट गरेको अभियोग लागेको छ । उनीहरुबाट नौ करोड २३ लाख बिगो माग गरिएको छ ।

उनीहरूले वस्तु तथा सेवा खरिद नै नगरी नक्कली मुअ कर बिजक मात्र खरिद गरी मूल्य अभिवृद्धि कर र आयकरसमेतको राजस्व चुहावट गरेका हुन् ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार २५, २०७७  १०:१३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय