site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
परिसंघ र युरोपियन युनियनका पदाधिकारीबीच आर्थिक सहयोग अभिवृद्धिबारे छलफल

काठमाडौं । नेपाल उद्योग परिसंघ र युरोपियन युनियनका पदाधिकारीबीच द्विपक्षीय व्यापार र आर्थिक सहयोग अभिवृद्धि लगायतका विषयमा छलफल भएको छ । परिसंघले युरोपेली आयोगका उपमहानिर्देशक मिरियाम फेरान, नेपालका लागि इयूका राजदूत भेरोनिक लोरेन्जोलगायत युरोपियन युनियनका विशिष्ट व्यक्तिहरूसँग छलफल गरेको हो ।

छलफलमा परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले नेपाल र युरोपियन युनियनबीचको आर्थिक र व्यावसायिक सम्बन्धका विषयमा चर्चा गर्दै नेपालको आर्थिक विकासका लागि इयूले आगामी दिनमा गर्न सक्ने सहयोगका क्षेत्रका विषयमा जानकारी गराए । उनले युरोपेली मुलुकहरूमा सिधा उडानहरू पुनः सुचारु गराउन आवश्यक सहयोग गर्न आग्रह गरे । सुरक्षा सूचीबाट हटाई नेपालको पर्यटन क्षेत्रमा योगदान गर्न उनले आग्रह गरेका हुन् ।

Argakhachi Cement Island Ad

नेपालका लागि इयूका राजदूत भेरोनिक लोरेन्जोले यूरोपियन यूनियन नेपालको आर्थिक वृद्धि र विकासको यात्रामा सहयोग गर्न प्रतिबद्ध रहेको बताए । साथै, यो छलफलले दुवै राष्ट्रहरूबीच सहयोग र व्यापार बढाउने सम्भावनालाई उजागर गरेको उनले बताए ।

छलफल मुख्यतः व्यापार सम्बन्ध सुदृढ गर्ने, नेपाली उत्पादनलाई इयू बजारमा निर्यात क्षमता वृद्धि गर्ने, सन् २०२६ सम्ममा नेपाललाई अतिकम विकसित देशबाट विकासोन्मुख राष्ट्रमा स्तरोन्नति गरेपछिको अवस्था, नेपालका लागि जीएसपी (जनरलाइज्ड स्किम अफ प्रिफरेन्स प्लस) स्थिति सुरक्षित गर्न युरोपियन युनियनको सहयोग, नेपालको उत्पादन र आईटी क्षेत्रको सम्भावनालगायत व्यावसायिक लाभ र आर्थिक विकासका विषमा केन्द्रित थियो ।

प्रकाशित मिति: बिहीबार, जेठ ३, २०८१  १९:५७
प्रतिक्रिया दिनुहोस्