site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
किरण केसीको जन्मदिनमा लक्ष्मी र डब्बुलाई सम्मान 

काठमाडौं । हास्यव्यङ्ग्य कलाकार किरण केसीले जन्मदिन (असार १५)को अवसर पारेर बरिष्ट चरित्र अभिनेत्री लक्ष्मी गिरी र पत्रकार, गीतकार तथा चलचित्र निर्देशक डब्बु क्षत्रीलाई सम्मान गरेका छन् । 

आफ्ना दिवङ्गत हजुरबुबा भोजराज केसी र हजुरआमा ऋदयकुमारी केसी, दिवङ्गत बुबा ले.क. दुर्गा बहादुर केसी र आमा इन्द्रकुमारी केसीको सम्झनामा सात वर्ष अघि स्थापित सम्मानबाट गिरी र क्षत्रीलाईलाई किरणले सोमबार ललितपुरमा सम्मान गरेका हुन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

साढे चार दशकभन्दा लामो समयदेखि निरन्तर अभिनयमार्फत नेपाली चलचित्र, टेली चलचित्र, नाट्य क्षेत्रमा योगदान पुर्याएको भन्दै १० हजार रुपैयाँसहितको हास्यब्यङ्ग्य कलाकार योगदानसम्मानबाट बरिष्ट चरित्र अभिनेत्री लक्ष्मी गिरीलाई सम्मानित गरिएको केसीले बताए ।

यस्तै २७ वर्षदेखि रङ्गपत्रकारिता मार्फत नेपाली हास्यव्यङ्यसँगै चलचित्र र कला क्षेत्रमा योगदानसँगै गीतलेखन, साहित्य सृजना र चलचित्र निर्देशनबाट साहित्य, कला क्षेत्रमा योगदान पुर्याएले डब्बु क्षत्रीलाई १० हजार रुपैयाँ नगदसहित सम्मान प्रदान गरिएको केसीले बताए । 
 

प्रकाशित मिति: मंगलबार, असार १६, २०७७  ०६:१८
प्रतिक्रिया दिनुहोस्