site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
अब ‘डिजिटल प्लेटफर्म’
Sarbottam CementSarbottam Cement

भारतमा चलचित्र रिलिजको डिजिटल प्लेटफर्म ओभर द टप (ओटीटी) पछिल्लो समय लोकप्रिय हुँदैछ । कारण, यसमा पेमेन्ट अर्थात् चलचित्र हेरेवापत तिर्नुपर्ने शुल्क भुक्तान गर्न सजिलो व्यवस्था मिलाइएको छ । यो प्लेटफर्म लोकप्रिय बन्दै जाँदा यसले ठूलो बजेटमा निर्माण भएका चलचित्रसमेत खरिद गर्न थालेको छ । 

कहिले भूकम्प त कहिले सरुवा रोगको महामारीले नेपालमा पनि यस्तै विश्वसनीय र ठूलो डिजिटल प्लेटफर्मको आवश्यकता महसुस भइसकेको छ । तर आजसम्म त्यस्तो कुनै पनि प्लेटफर्म निर्माण भइसकेको छैन, जो आमदर्शकमाझ पुगेको होस् र त्यति नै भरपर्दो र लोकप्रिय बनेको होस् । 

कहिले भूकम्पजस्ता प्राकृतिक विपद् त कहिले कोरोना जस्तो बाँच्नकै लागि दूरि कायम गर्नु पर्ने अवस्थाले भरपर्दो डिजिटल प्लेटफर्मको स्पष्ट आवश्यकता देखिएको चलचित्रकर्मीहरु बताउन थालेका छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

घरमै बसेर आफूले चाहेको समयमा रोजेर चलचित्र हेर्न सकिने डिजिटल प्लेटफर्म विकासका लागि निर्देशक विनोद पौडेलले अघिल्लो वर्ष नै एउटा योजना बनाए र त्यसमा उनीसहितका केही साथीहरुले अध्ययन थाले । अध्ययनले भरपर्दो डिजिटल प्लेटफर्मको निर्विकल्प आवश्यकता देखायो । तर अध्ययनले निष्कर्ष निकाल्यो, नेपालको बैङ्किङ प्रणाली निकै झञ्झटिलो छ । “नेपालमा बैङ्किङ प्रोसेस निकै झञ्भझटिलो रहेको देखियो । यहाँ पेमेन्ट गर्न सजिलो छैन । र, सुरक्षित पनि छैन । हामीसँग त्यस्तो कुनै बैङ्किङ कार्ड छैन जुन पूरै भरपर्दो होस् र जुनसुकै ठाउँबाट पनि चलोस्,” विनोद भन्छन्, “पैसा हुनेले पनि बाहिरको सामान किन्न सक्दैनौं । भएका कार्ड पनि प्रयोग गर्न डराउनु पर्ने अवस्था छ । विश्वको जुनसुकै ठाउँमा बसेको मान्छेले पनि चाहेको समयमा आफूसँग भएको बैङ्किङ कार्ड प्रयोग गरेर सहजै पैसा तिरेर हेर्न मिल्न सक्ने सिस्टमको विकास हुनुपर्छ ।”

बैङ्किङ प्रणाली सहज नभएसम्म गतिलो डिजिटल प्लेटफर्म विकास गर्न नसकिने विनोद बताउँछन् । पेमेन्ट गेट वे सहज र प्लेटफर्म युजर फ्रेन्ड्ली नभएसम्म यसमा सफलता हात पार्न कठिन हुने उनको भनाइ छ । 

Global Ime bank

अहिले नेपालमा भएका डिजिटल प्लेटफर्मको पेमेन्ट गेट वे सजिलो र भरपर्दो नरहेको उनी बताउँछन् । नेपालको चलचित्र उद्योग सानो भएकाले धेरैभन्दा पनि थोरै र विश्वासयोग्य प्लेटफर्म आवश्यक रहेको उनको भनाइ छ । उनी भन्छन्, “सोचे जस्तो राम्रो बनाउन सकिएन भने त्यो सङ्ख्या बढाउने काम मात्रै हुन्छ । त्यसैले हामी एकदुई जनाभन्दा पनि अरु सकेसम्म धेरै मेकरसँगै बसेर यो काम गर्न सकियो भने राम्रो हुन्छ भन्ने हाम्रो मान्यता छ । अरुले बनाएको कन्टेन्ट मात्रै राख्नेभन्दा पनि आफैं कन्टेन्ट पनि उत्पादन गर्ने हाम्रो योजना हो ।” तर प्रारम्भिक अध्ययनको काम हुँदै लकडाउन सुरु भइदिनाले काम थप अगाडि बढ्न नसकेको उनी सुनाउँछन् ।

आउँदै नेपाली डिजिटल प्लेटफर्म 
अबको एक महिनाभित्र नेपालमा पनि एउटा डिजिटल प्लेटफर्म बजारमा आउँदैछ । जसमा दर्शकले चलचित्र हेर्न पाउने छन् । यो डिजिटल प्लेटफर्म नायिका ऋचा शर्मालगायत चारजनाको समूहले बजारमा ल्याउन लागेको हो । 

“अबको एक महिनाजतिमा हाम्रो डिजिटल प्लेटफर्म लन्च हुन्छ । निर्माणकै चरणमा रहेकाले यसबारे बाँकी कुरा धेरै नगरौं होला,” ऋचा भन्छिन्, “काम अन्तिम चरणमा पुगेको छ ।”

उनले यसबारे खुलेर बोल्न नचाहे पनि उनीहरुले अहिले डिजिटल प्लेटफर्मका लागि कन्टेन्टका रुपमा मेकरहरुसँग चलचित्र मागिरहेका छन् । 

अर्को एउटा डिजिटल प्लेटफर्म पनि निर्माणको अन्तिम चरणमा छ । प्राविधिक काम अन्तिम चरणमा रहेकाले यसका लगानीकर्ताहरु पनि अहिले सकेसम्म राम्रा चलचित्र जुटाउने प्रयासमा छन् । लकडाउनमै यो काम भइरहेको छ । तर यसका लगानीकर्ताले काम नसकिएसम्म लगानीकर्ता र लन्च हुने समय भने गोप्य नै राख्न चाह्यो । 

“अब नेपालमा पनि सिनेमा हलको विकल्पका रुपमा र सिनेमा हलसम्म चाहेर पनि जान नसक्ने तर चलचित्र हेर्न रुचाउनेहरुका लागि भारतको ओटीटी जस्तै डिजिटल प्लेटफर्म आवश्यक छ,” डिजिटल प्लेटफर्म निर्माण गर्दै गरेका उनी भन्छन्, “हलसम्म जान नभ्याउने अथवा नचाहने तर नेपाली चलचित्र हेर्न मन पराउनेहरुका लागि यो प्लेटफर्म उपयुक्त हुने हाम्रो विश्वास छ ।”

राम्रो कन्टेन्ट नै चुनौती 
निर्देशक प्रचण्डमान श्रेष्ठ, रविन्द्रसिंह बानिया, सिमोस सुनुवारलगायतको समूहले पनि डिजिटल प्लेटफर्म निर्माण सुरु गरेको लामै समय भयो । तर त्यो प्लेटफर्म सार्वजनिक हुन सकेको छैन । असारबाट आन्तरिक रुपमा करिब तीन महिना कन्टेन्ट र पेमेन्ट टेस्ट गर्ने र असोजबाट दर्शकमा जाने योजना अनुसार काम भइरहेको निर्देशक प्रचण्डमान बताउँछन् । 

राम्रो कन्टेन्ट राख्न सके बजार आफैं विस्तार हुने अन्यथा डिजिटल प्लेटफर्म पनि चलाउन कठिन हुने प्रचण्डमान बताउँछन् । “कन्टेन्ट राम्रो भयो भने त्यसले बजार आफैं बनाउँछ । कन्टेन्टमा डाइभर्सिटी दिन सकिएन भने डिजिटल प्लेटफर्म मात्रै ठूलो कुरा होइन,” उनी भन्छन्, “कन्टेन्ट अनुसारको शुल्क तिर्नुपर्छ भन्ने मेरो मान्यता छ । हरेक कुराको मुल्य उसको गुणस्तरले तोक्छ भने चलचित्रमा यो किन लागू हुँदैन ? म त सिनेमा हलमा पनि न्यूनतम मूल्य राखेर बाँकी गुणस्तर र लगानीअनुसारको शुल्क राख्नुपर्छ भन्छु ।”

अरु देशमा जस्तो नेपालमा डिजिटल वालेट आक्रामक रुपमा विस्तार हुँदै गएको र स्मार्ट बैङ्किङका कारण पनि पेमेन्टमा समस्या नहुने उनको विश्वास छ । यद्यपि, पर्याप्त पेमेन्ट टेस्टपछि मात्रै आफूहरुको डिजिटल प्लेटफर्म सार्वजनिक हुने उनी बताउँछन् । राम्रो कन्टेन्ट नै अहिलेको चुनौती भएको उनको भनाइ छ । 

ओभरसिजभन्दा ठूलो बजार 
सुलभ र भरपर्दो पेमेन्ट गेट वे तथा युजर फ्रेन्ड्ली नेपाली डिजिटल प्लेटफर्म निर्माण गर्न सकेको अवस्थामा नेपाली चलचित्रका मेकरलाई ठूलो रकम आउने निर्देशक दीपेन्द्र के खनाल बताउँछन् । रोजगारीका लागि मध्यपूर्वका देशमा गएका अधिकांश नेपाली नागरिक नेपाली चलचित्रका नियमित दर्शक भएको उनको भनाइ छ । अहिले युट्युबमा नेपाली चलचित्र हेरिरहेको यो सङ्ख्याले मात्रै चलचित्र डिजिटल प्लेटफर्मबाट हेर्दा पनि मेकरलाई लगानीको ठूलो रकम आउने उनको विश्वास छ । 

“प्रयोगकर्ताले सहजै वालेटबाट पैसा तिर्न सक्ने डिजिटल प्लेटफर्म निर्माण गर्न सके त्यसबाट अहिले ओभरसिज मार्केटबाट आउनेभन्दा ठूलो रकम आउँछ । लगानीको ठूलो हिस्सा सुरक्षित हुनु भनेको अर्को चलचित्रका लागि मेकरले राम्रो बजेट खर्च गर्न सक्ने वातावरण सिर्जना हुनु पनि हो,” दीपेन्द्र भन्छन् । 

भारतमा प्रयोगमा रहेको डिजिटल प्लेटफर्म ‘ओटीटी’मा पनि नेपाली चलचित्र राख्न प्रयास गर्न सकिने, तर त्यसबाट आएको रकमको ठूलो हिस्सा उनीहरुले नै लिने हुँदा नेपालमै यस्तो प्लेटफर्म आवश्यक रहेको उनको भनाइ छ । 

अबको बजार डिजिटल
अभिनेता दयाहाङ राई नेपाली चलचित्रले अब डिजिटल प्लेटफर्म खोजिसकेको बताउँछन् । कोरोनाको सङ्क्रमणको अन्त्य कहिले हुन्छ थाहा छैन । विश्व स्वास्थ्य सङ्गठनले तत्काल अन्त्य हुने सम्भावना नरहेको उद्घोष गरिसक्यो । यसको अर्थ लकडाउन खुकुलो भए पनि अथवा खुले नै पनि सिनेमा हल जान दर्शकलाई त्यति सहज छैन । ज्यान जोखिममा राखेर दर्शक हलमा कमै जालान् । गए पनि एकतिहाइ सिट मात्रै बिक्री गर्नुपर्ने अवस्था आउँछ । यस्तो अवस्थामा सिनेमा हलमा कोरोना सङ्क्रमणको जोखिम छैन भन्ने विश्वास दिलाउनै हल सञ्चालकलाई कठिन हुने दयाहाङको भनाइ छ । 

मेकरका हातमा करोडौं लगानीका चलचित्र छन् । तर कोरोनाको भयले रिलिज कहिले गर्ने, अन्योल छ । बैङ्कको ब्याजको मिटर चढिरहेको छ । तर अवस्था सामान्य भएर चलचित्र कहिले प्रदर्शनमा आउँछन् ? यो प्रश्नको जवाफ कसैसँग छैन । दयाहाङले भने जस्तो लकडाउन खुल्ने बित्तिकै हलमा चलचित्र हेर्न जाने वातावरण बन्छ नै भन्ने छैन ।  

त्यसैले दयाहाङ नेपालमा पनि तत्काल डिजिटल प्लेटफर्मको आवश्यकता देख्छन् । अब नेपाली चलचित्र उद्योगले आफूलाई निरन्तरता दिने हो भने निर्माणदेखि प्रदर्शनसम्ममा अहिलेको तौरतरिकाको विकल्प खोज्नु अत्यावश्यक रहेको उनको तर्क छ । “अब सिनेमा मेकिङको डिजाइन नै परिवर्तन गर्नुपर्छ । अब चलचित्र हेर्ने प्लेटफर्म परिवर्तन हुन्छ,” उनी भन्छन्, “अहिले नै हामीमध्ये धेरैले डिजिटल प्लेटफर्मबाट चलचित्र हेरिरहेका छौं । तर अहिले हामी अरुको डिजिटल प्लेटफर्ममा अरुकै चलचित्र हेरिरहेका छौं । अब हामीले आफ्नै प्लेटफर्ममा आफ्नै चलचित्र हेर्ने भरपर्दो माध्यम खोजी गर्नुपर्छ ।” 

नेपालमा हाल डिजिटल प्लेटफर्म नै नभएको त होइन । तर भएकाले पनि राम्रा कन्टेन्ट पर्याप्त दिन नसक्दा अपेक्षित सफलता हात पार्न सकेका छैनन् । विषय र मूल्यमा विविधता र गुणस्तरीय कन्टेन्ट दिन नसकेसम्म यस्ता प्लेटफर्म न त सिनेमा हलको विकल्पका रुपमा आउन सक्छन् न त दर्शकको मन नै जित्न सक्छन् । सङ्ख्या थपिने बाहेक अर्को उपलब्धि हुँदैन । 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, जेठ १०, २०७७  ०७:४६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC