site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
कोरोनाको लक्षण नदेखिएपछि क्‍वारेन्टाइनबाट १६१ घर फिर्ता
Sarbottam CementSarbottam Cement

रुकुमपूर्व । कोरोनाको कुनै लक्षण नदेखिएपछि रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिकाले १६१ जनालाई घर पठाएको छ । 

कोरोना जोखिम नियन्त्रणका लागि गाउँपालिकाले निर्माण गरेका विभिन्न क्वारेन्टाइनमा बस्दै आएका उनीहरुलाई आज घर पठाइएको हो । दुई सातासम्म क्वारेन्टाइनमा बस्दा कोरोनाको कुनै लक्षण नदेखिएपछि स्वास्थ्य जाँच गरी उनीहरुलाई घर पठाइएको गाउँपालिका उपाध्यक्ष ओमकुमारी शाहीले बताए ।

अध्ययन तथा रोजगारीका सिलसिलामा देशका विभिन्न ठाउँमा पुगेका उनीहरुलाई गाउँपालिकाले उद्धार गरी क्वारेन्टाइनमा राखेको थियो ।  

Prabhu Bank
Agni Group
NIC Asia

क्वारेन्टाइनबाट घर पठाइए पनि उनीहरुलाई केही समय होम क्वारेन्टाइनमा बस्न भनिएको छ ।  गाउँपालिकाका अझै पनि धेरै मानिस क्वारेन्टाइनमा छन् । उनीहरुको समयसमयमा स्वास्थ्य जाँच भइरहेको र स्वास्थ्यावस्था सामान्य रहेको गाउँपालिकाले जनाएको छ ।

यसैगरी  भूमे गाउँपालिकाले पनि क्वारेन्टाइनमा बसेका २३ जनालाई घर पठाएको छ । देशका विभिन्न जिल्लाबाट आएका उनीहरुलाई विभिन्न ठाउँका क्वारेन्टाइनमा राखिएको थियो । 

Global Ime bank

क्वारेन्टाइनमा बसेको १४ दिनसम्म  संक्रमण नदेखिएपछि आआफ्नो घर पठाइएको गाउँपालिका अध्यक्ष रामसुर बुढा मगरले बताए । 

भूमेले स्वास्थ्यकर्मीलाई जोखिम भत्ता दिने

भूमेले कोरोना कोभिड –१९ को उपचारमा खटिएका स्वास्थ्यकर्मीलाई जोखिम भत्ता सुविधा दिने निर्णय गरेको छ । गाउँपालिकाले कोरोना महामारीको बेलामा भूमेका विभिन्न ठाउँमा रहेर काम गरिरहेका स्वास्थ्यकर्मीलाई जोखिम भत्ता उपलब्ध गराउने भएको हो । 

स्वास्थ्यकर्मीलाई गाउँपालिकाले पहिलेको उनीहरुको तलबको ५० प्रतिशत भत्ता उपलब्ध गराउने  भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रसिंह श्रेष्ठले जानकारी दिए । 
 
सङ्घीय सरकारले नै कोरोनाको उपचारमा खटिएका स्वास्थ्यकर्मीलाई जोखिम भत्ता उपलब्ध गराउने भनेर जोखिम भत्ता व्यवस्थापन आदेश, २०७७ स्वीकृत गरेसँगै भूमेले पनि स्वास्थ्यकर्मीलाई जोखिम भत्ता उपलब्ध गराउने निर्णय गरेको हो । हाल गाउँपालिकामा ४७  स्वास्थ्यकर्मी कार्यरत रहेकामा २४ जना भूमेले निर्माण गरेको विभिन्न हेल्थ डेस्कमा खटिएका छन् । - रासस

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख २५, २०७७  २२:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय