site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
बडिखेल प्रवेश गर्ने सवारीसाधनले अनिवार्य निर्मलीकृत गर्नुपर्ने
Sarbottam CementSarbottam Cement

काठमाडौं । गोदावरी नगरपालिकाको बडिखेलमा प्रवेश गर्ने सवारीसाधनहरु निर्मलीकृत गरेर मात्र प्रवेश गर्न पाउने भएका छन् । 

उक्त क्षेत्रमा चौध वटा भन्दा धेरै पानी फ्याक्ट्रीहरु छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

कोरोनाका कारण अहिले देश नै बन्दाबन्दीको मारमा परेको छ । तर, गोदावरी नगरपालिका वडा नम्बर ४ बडिखेलमा भने पानी बोक्नका लागि दैनिक सयौंको संख्यामा गाडीहरु आवतजावत गर्छन् ।  

ती गाडीमार्फत् आफ्नो टोलमा कोरोना प्रवेश नगरोस् भनेर स्यानिटाइज गरेर मात्रै प्रवेश गर्न दिइएको वडा सदस्य कृष्ण  मुरारी घिमिरेले बताए । 

Global Ime bank

उनले भने, “बडिखेलभित्र दशवटा पानीका फ्याक्ट्रीहरु छन् । ती पानी फ्याक्ट्रीबाट दैनिक पचासवटा भन्दा बढी पानी बोक्ने गाडीहरु सहरको विभिन्न ठाउँहरु आवतजावत गर्छ । ती गाडीमार्फत् आफ्नो क्षेत्रमा कोरोना संक्रमण भित्रन सक्ने भएका कारण बडिखेल प्रवेश गर्ने सवारी साधनलाई स्यनिटाइज गरेर मात्र प्रवेश गर्ने वातावरण मिलाएका हौं ।”

वैशाख  ५ गते नगरपालिमा निर्णय गरेर त्यसै दिनदेखि गाडीहरुलाई स्यानिटाइज गरेर मात्र प्रवेश गर्न सुरु गराएको घिमिरेले बाह्रखरीलाई बताए ।

साथै बडिखेल क्षेत्रमा अपरिचित मानिसलाई प्रवेश गर्न समेत कडाइ गरिएको छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख १२, २०७७  २१:११
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC