site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
लुम्बिनी बौद्ध विश्वविद्यालयमा अनलाइन पढाइ सुरु
Sarbottam CementSarbottam Cement

भैरहवा । लुम्बिनी बौद्ध विश्वविद्यालय केन्द्रीय क्याम्पसले आइतबारदेखि अनलाइनको माध्यमबाट विद्यार्थीलाई पढाउन सुरु गरेको छ । कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि सरकारले गरेको बन्दाबन्दीका कारण प्रत्यक्ष कक्षा सञ्चालन गर्न असमर्थ भएपछि अनलाइन माध्यमबाट कक्षा सञ्चालन गर्न थालिएको विश्वविद्यालयका रजिष्ट्रार तिलक आर्चायले जानकारी दिए ।

विश्वविद्यालयले सबै तह र सङ्कायका विद्यार्थीलाई सूचना प्रविधिको माध्यमबाट पढाउन सुरु गरेपछि शिक्षकले समय छुट्याएर कक्षा सुरु गरेको लुम्बिनी बौद्ध विश्वविद्यालयको सूचना शाखाले जनाएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

विद्यार्थीलाई आजदेखि दैनिक बिहान ८ देखि १० बजेसम्म कक्षा अनलाइनको माध्यामबाट सुरु गरिएको विश्वविद्यालय केन्द्रीय क्याम्पसका क्याम्पस प्रमुख फणीन्द्र न्यौपानेले बताए ।

विश्वविद्यालयले आफ्ना सबै शिक्षक तथा प्राविधिक कर्मचारीलाई ओरिन्टेसन दिएपछि अनलाइन कक्षा सञ्चालन गरिएको बताउँदै क्याम्पस प्रमुख न्यौपानेले विद्यार्थीले घरमै बसेर शिक्षकसँग पढ्न पाउने र प्रश्नसमेत सोध्न सक्ने व्यवस्था मिलाएको जानकारी दिए ।

Global Ime bank

विश्वविद्यालयले अनलाइन कक्षा सुरु गरेपछि विद्यार्थीका लागिसमेत सहज भएको लुम्बिनी बौद्ध विश्वविद्यालय विद्यार्थी कल्याणकारी परिषद्का सचिव बिपी गौतमले बताए ।

स्नातक र स्नातकोत्तर तह पढाइ हुने यस विश्वविद्यालयमा बौद्ध अध्ययन सङ्काय, मानविकी तथा समाजशास्त्र सङ्काय र विकास अध्ययन तथा एप्लाइड साइनस सङ्कायको पढाइ हुँदै आएको छ । विश्वविद्यालयका सात वटा सम्बन्ध प्राप्त क्याम्पसमा एक हजार २०० भन्दा बढी विद्यार्थीले अध्ययन गर्ने गरेको विश्वविद्यालयको तथ्याङ्कले देखाउँछ ।

बौद्ध दर्शन, साहित्य र संस्कृतिका अध्ययन गर्ने उद्देश्यका साथ यो विश्वविद्यालय २०६३ सालमा स्थापना भएको हो । यसको केन्द्रीय क्याम्पस लुम्बिनीमा रहेको छ । यस क्याम्पसमा नेपाली  तथा विदेशी विद्यार्थीले अध्ययन गर्छन् । रासस

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख ८, २०७७  ०३:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC