site stats
बाह्रखरी :: Baahrakhari
देश
प्रदेश १ मा पीसीआर विधिबाट ३८७ जनाको स्वाब परीक्षण 

विराटनगर । प्रदेश १ मा आइतबारसम्म द्रुत परीक्षण विधि (आरडीटी) र ल्याबमा गरिने पीसीआर विधिबाट कोरोना संक्रमण भए÷नभएको परीक्षण गर्ने संख्यासमेत थपिएको छ ।

पीसीआर विधिबाट जम्मा ३ सय ८७ जनाको स्वाब परीक्षण गरिएको छ । यसैगरी आरडीटी विधिबाट जम्मा २ हजार २ सय ८१ जनाको नमुना परीक्षण भएको छ । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र विराटनगरको कोसी अस्पतालमा पीसीआर विधिबाट नमुना परीक्षण हुन्छ । प्रदेश १ सरकारले जिल्लाका क्वारेन्टाइनहरूमा भने द्रुत विधिबाट परीक्षण गरिरहेको छ ।

यता, प्रदेश सरकारले निर्माण गरेका क्वारेन्टाइन स्थलमा बस्नेको संख्या आइतबारसम्म ६ सय ७६ जना पुगेको छ । आइसोलेसनमा स्वास्थ्यकर्मीको निगरानीमा ६ महिला र १७ पुरुषसहित २३ जना बसिरहेका छन् । 

होम क्वारेन्टाइनमा जम्मा ४ हजार २ सय २३ जना बसिरहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ । प्रदेश १ मा १३ जनामा कोरोना संक्रमण भएको छ । दुई जना नेपाली र ११ जना भारतीय नागरिकमा कोरोना भएको हो ।
 

प्रकाशित मिति: आइतबार, वैशाख ७, २०७७  १९:५१
प्रतिक्रिया दिनुहोस्