site stats
बाह्रखरी :: Baahrakhari
देश
५० रुपैयाँ किलो आलु र सय रुपैयाँ किलो प्याज बिक्री गर्ने पक्राउ 
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

जनकपुर । अभाव देखाएर महँगो मूल्यमा खाद्यान्न बिक्री गर्ने व्यवसायीहरुलाई प्रहरीले पक्राउ अभियान थालेको छ । सोही क्रममा ५० रुपैयाँ प्रतिकिलो आलु र सय रुपैयाँ प्रतिकिलो प्याज बिक्री गरेको आरोपमा तीन जना पक्राउ परेका हुन् । 

पक्राउ पर्नेमा जनकपुर ४ बस्ने ४८ वर्षीय प्रदिप अग्रवाल, २० वर्षीय अंकित साह र विकास साह छन् । उनीहरुलाई बुधबारै जिल्ला अदालतबाट म्याद थप गराएर अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी रामेश्वर खनालले जनाए । 

त्यस्तै, बुधबारमात्रै लकडाउन अवज्ञागर्दै जथाभावी गर्ने २६ जनालाई धनुषा प्रहरीले पक्राउ गरेको छ । यी बाहेक सडकमा कुदाउने ७२ वटा मोटरसाइकल, एउटा अटो रिक्सा र दुई वटा ट्रयाक्टरलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । मंगलबार धनुषाबाट आठ जनासहित ३६९ वटा सवारी साधन नियन्त्रणमा लिइएको थियो । 
 

प्रकाशित मिति: बिहीबार, चैत १३, २०७६  ०७:५६
प्रतिक्रिया दिनुहोस्