site stats
बाह्रखरी :: Baahrakhari
विशेष
गण्डकीमा कोरोना रोकथामका लागि १५ करोडको कोष स्थापना 

पोखरा । गण्डकी प्रदेश सरकारले नोभेल कोरोना रोकथाम, नियन्त्रण र व्यवस्थापन कोष स्थापना गर्ने निर्णय गरेको छ । 

गण्डकी प्रदेश सरकारको बुधबार बसेको ३४ औं बैठकले कोरोना रोकथामका लागि कोष स्थापना गर्ने र प्रदेशका सातै जना मन्त्रीको एक महिनाको तलब कोषमा जम्मा गर्नेसमेत निर्णय गरेको सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्‍नेतले जानकारी दिए । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

यस कोषका लागि निर्वाचित जनप्रतिनिधि, राष्ट्रसेवक कर्मचारी र अन्य संघसंस्थाहरुलाई कोषमा रकम जम्मा गर्न अनुरोध गर्नेसमेत निर्णय गरिएको बताइएको छ । 

त्यसैगरी आर्थिक मामिला मन्त्री हरिबहादुर चुनानको संयोजकत्वमा कोरोना रोकथाम नियन्त्रण र व्यवस्थापन समिति गठन गरिएको र कोरोना रोकथामसम्बन्धी गतिविधि यही समितिले गर्ने प्रवक्ता बस्‍नेतले जाजकारी दिए । 

त्यसैगरी प्रदेशका ११ वटा जिल्लाका जिल्ला अस्पतालहरुलाई कोरोना परीक्षण र उपचारका लागि आवश्यक सामग्री खरिदका लागि पाँच लाख उपलब्ध गराउने निर्णय भएको बताइएको छ ।  यसअघि पनि ११ वटै जिल्ला अस्पताललाई पाँच लाख उपलब्ध गराउने निर्णय गरेर पठाइसकिएको उनले जानकारी दिए । 

प्रकाशित मिति: बुधबार, चैत १२, २०७६  १८:४५
प्रतिक्रिया दिनुहोस्