site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
शान्त राजधानी कहाँ के भयो ? (फोटो फिचर)
Sarbottam CementSarbottam Cement

काठमाडौं । सरकारले अख्तियार गरेको लक डाउनको पहिलो दिन आज राजधानी शान्त देखिएको छ ।

नेपालमा कोरोना संक्रमण नफैलियोस् भनेर सरकारले आज बिहान ६ बजे देखि चैत १८ बिहान ६ बजेसम्म एक साताका लागि ‘लकडाउन’ गरेको हो । उपत्यकाका तीनवटै जिल्ला (काठमाडौं, भक्तपुर र ललितपुर) का स्थान प्रायः ठप्प छन् । सडकमा मानिसहरू छैनन् । तर केही फाट्टफुट्ट मोटरसाइकलहरू भने चलेको देखिन्छ ।

प्रहरीले मोटरसाइकल चालकहरूलाई सम्झाएर घर पठाउने गरेको छ । काठमाडौंको न्युरोड, असनलगायत बजारहरू पूर्ण सुनसान बनेका छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

उपत्यकामा तरकारीको आपूर्ति हुने प्रमुख बजार कालीमाटी फलफूल तथा तरकारी बजार पनि ठप्प छ । सामाजिक सम्पर्क रोकेर भाइरसको संक्रमण फैलिनबाट रोक्न सकिने विश्व स्वास्थ्य संगठनकोे सुझाव भएपछि विश्वका अधिकांश मुलुकले लकडाउनको नीति अख्तियार गरेका छन् । 

त्यसैले नेपाल सरकारले पनि उक्त नीति अवलम्बन गरेको हो । जसले गर्दा मंगलबार बिहानैदेखि सडकहरूमा अत्यावश्यक सेवाका साधनहरू मात्रै सञ्चालन भएको देखिन्छ । सडकका चोक–चोकमा प्रहरी परिचालन गरिएको छ । प्रहरीले सवारीसाधनको जाँचलाई कडाइ पारेको छ ।

Global Ime bank

लक डाउन भनेको औषधि उपचार, खाद्य वस्तु खरिदलगायत अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन सरकारले गरेको आदेश हो । सरकारले कोरोना भाइरसको संक्रमण भएका बिरामी फेला परेपछि संक्रमणलाई थप फैलिन नदिन ‘संक्रामक रोग ऐन २०२०’ अनुसार लक डाउनको नीति अख्तियार गरेको हो ।

सरकारले दिएको आदेशलाई नागरिकले पालना गरेको देखिन्छ । सरकारले मंगलबार बिहान ६ बजेदेखि १८ गते बिहान ६ बजे सम्म सर्वसाधारणलाई घरबाहिर निस्कन निषेध गरेको हो ।  कोरोना भाइरस मानिसबाट सर्ने भएको हुँदा, सामाजिक र शारीरिक दूरी कायम गर्न सरकारले सबैलाई घरमा बस्न आग्रह गरेको हो ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत ११, २०७६  १२:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC