site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
 मौसमी फ्लुका बिरामीलाई कोरोनाको त्रास
Sarbottam CementSarbottam Cement

नेपालका अस्पतालको क्षमता कम भएको अवस्थामा मौसमी फ्लुका बिरामीहरू कोरोना लागेको आशंकामा अस्पताल धाउन थालेपछि अस्पतालमा बिरामीको दबाब र बिरामीमा डरको मात्रा झन् बढेको देखिएको छ । कतिपय बिरामीलाई ज्वरो आएको अवस्थामा अस्पतालहरूले ढोकैबाट उपचार हुन नसक्ने भन्दै फर्काएको समाचारले पनि नेपाली मिडियामा स्थान पाएका छन् ।

गत साता मंगलवार नागरिक दैनिकमा प्रकाशित समाचारअनुसार शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा साधारण समयभन्दा दोब्बर बढी मौसमी फ्लुका बिरामी जचाउन आएका छन् । पवित्रा सुनारले लेखेको सो समाचारअनुसार गएको हप्ता ४०० भन्दा बढी बिरामी रुघा, खोकी र ज्वरो आएको जचाउन टेकुमा रहेको सरुवारोग अस्पताल पुगेका र ति मध्ये आधाभन्दा बढीलाई कोरोना संक्रमणको डर देखिएको थियो । बुधबारको नागरिकमा सुनारले नै कोरोना परीक्षण गर्न साधनको अभाव भएको समाचार प्रकाशित गरिन् । समाचारअनुसार बिरामीको कफ जाँच्न चाहिने पीसीआर (पोलिस्मर चेन रिएक्सन) किट सरकारसँग एथेष्ट मात्रामा छैन । सो दिनसम्मको रिपोर्टअनुसार सरकारले दुई हजार जति किट ल्याएकोमा पाँच सय प्रयोग भइसकेको थियो । धेरै बिरामीले आफूलाई कोरोना संक्रमण भए–नभएको जाँच गराउन चाहे पनि तोकेको दायराभित्रका बिरामीको मात्र कोरोना भाइरस टेस्ट भएको पनि सो समाचारमा जनाइएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

नागरिक दैनिकले शनिवार एक समाचार प्रकाशित ग¥यो जसमा बुटवलका एक बिरामीलाई रुपन्देही, नवलपरासी र काठमाडौंका आधा दर्जन अस्पतालले भर्ना लिन नमानेको र अन्ततः प्रदेश पाँचका मुख्यमन्त्रीको दबाब पश्चात् लुम्बिनी प्रादेशिक अस्पतालले भर्ना लिएको लेखिएको छ । 

‘लक डाउन’

Global Ime bank

नेपालमा कोरोना संक्रमित बिरामी नभेटिए पनि सरकारले सम्पूर्ण देशलाई ‘लक डाउन’को अवस्थामा राखेर सकभर घरबाट बाहिर ननिस्कन सूचना जारी गरेको छ । चीनबाट सुरु भएको यो रोगले युरोप, अमेरिका र भारतमा पनि संक्रमणको गति बढाउँदै गएपछि नेपालले पनि यसलाई नियन्त्रणमा लिन  विभिन्न उपाय अपनाएको छ । नेपालका दैनिक पत्रिकाले गएको साता कोरोना भाइरसका विषयमा भएका संसारभरका समाचार तथा नेपालले लिने कदमका बारेमा समाचार बनाए । गएको साताका दैनिक पत्रिकाले सरकारले लिएका कदमका बारेमा ठूलो विरोध गरेनन् । तर, मंगलवारको कान्तिपुरमा स्वरुप आचार्य तथा बुनु थारुले लेखेको समाचारमा सरकारले कोरोनाविरुद्ध थप निर्णय लिए पनि कार्यान्वयन फितलो भएको समाचार संप्रेषण भयो ।

अघिल्लो साताको आइतवार भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सार्क राष्ट्र प्रमुखहरूको भिडियो कन्फरेन्स आयोजना गरेर कोरोनाको संक्रमणविरुद्ध सार्क आपत्कालीन कोष खडा गर्ने विषयमा सबैको समर्थन जुटाए । सोमवारका नेपालका दैनिक पत्रिका सबैले सार्क राष्ट्रका सरकार प्रमुखहरूको भिडियो कन्फरेन्सको समाचारलाई प्राथमिकता दिए । नयाँ पत्रिकाले यस समाचारलाई प्रथम पृष्ठको तल्लो स्थान दियो भने अन्य सबै पत्रिकाले ब्यानर समाचार बनाए । 

प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रवार राष्ट्रको नाममा सम्बोधन गर्दै नेपाल आउने सम्पूर्ण अन्तर्राष्ट्रिय हवाई उडानमा चैत ९ देखि १८ सम्म प्रतिबन्ध लगाउने र अत्यावश्यकबाहेकका सम्पूर्ण सेवा बन्द गरिने घोषणा गरेका छन् । अत्यावश्यक सेवाबाहेक नागरिकलाई अन्य सेवा चैत २१ सम्मका लागि उपलब्ध नहुने भएको छ । त्यस्तै अदालतले पनि नागरिकका स्वतन्त्रताका बाहेक अन्य कुनै पनि मुद्दामा पेसी नतोक्ने निर्णय गरेको छ । प्रधानमन्त्रीको यो घोषणासँगै नेपालमा औपचारिकरुपमा ‘लक डाउन’ लागू गरिएको छ । 

नेपाली दैनिक पत्रिकाले आइतवारको पत्रिकामा सरकारले लगाएको प्रतिबन्धका विषयमा सम्पादकीय लेखेका छन् । नयाँ पत्रिकाले यसलाई सरकारको ‘कफ्र्यु’ भनेको छ तथापि यसलाई स्वाभाविकरुपमा लिनुपर्ने जनाएको छ । गोरखापत्रले यस कदमलाई सुरक्षाका लागि हातेमालो भनेको छ । नागरिक दैनिकले पनि सावधानी अपनाउनु र सरकारका निर्णय पालना गनुपर्ने धारणा सम्पादकीयमार्फत प्रकट गरेको छ । राजधानीले यस कार्यलाई साझा लडाइँका रुपमा हेरेको छ भने अन्नपूर्ण पोस्टले नागरिकलाई सुरक्षित भएर बसमात्र भनेर नपुग्ने र नागरिकलाई सुरक्षित महसुुुुस गराउनुपर्ने अवस्था देखिएको जनाएको छ । कान्तिपुरले हरेक नागरिकलाई जिम्मेवार हुन र प्रधानमन्त्रीले गरेको अनुरोधको पालना गर्न सचेत गराएको छ । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत ९, २०७६  १०:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC