राजनीति

काठमाडौं । राष्ट्रियसभाको बैठक आज बस्दै छ । दिउँसो सवा १२ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बैठक बस्नेछ ।
बैठकमा विनियोजन विधेयक, २०८२ का विभिन्न शीर्षकहरूमध्ये सात मन्त्रालय, राष्ट्रपतिको कार्यालय, उपराष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र राष्ट्रिय योजना आयोगको सचिवालयका विनियोजन शीर्षकमाथि छलफल हुनेछ ।
११ वटा मन्त्रालयको छलफलमा उठेका प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यसूची छ ।
‘नागरिकता विधेयक–२०८२’ का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देश बैठकमा टेबुल हुनेछ ।
बैठकमा प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०८० लाई पारित गर्ने कार्यसूची छ ।
प्रकाशित मिति: मंगलबार, असार १७, २०८२ ०५:३१
प्रतिक्रिया दिनुहोस्