site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
'कांग्रेसका मान्छे थुन्‍ने प्रपञ्‍चमा सरकार, अख्तियारको नीति आफ्नालाई बोक्ने र विरोधी ठोक्ने'
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारको छायामा बसेर विरोधीलाई ठोक्ने रणनीति लिएको आरोप लगाएको छ । 

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा बोल्दै कांग्रेस सांसद मिन विश्वकर्माले अख्तियारको भूमिकामाथि प्रश्न उठाएका हुन् । उनले संवैधानिक अंगको रुपमा आयोगले तटस्थता कायम गर्न नसकेको बताए । 

सांसद विश्वकर्माले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नै अख्तियार दुरुपयोग गरेको आरोप समेत लगाए । संसद बैठकमा बोल्दै उनले भने, “भर्खरै अख्तियारले गरेको निर्णय हेर्दा सुशासन कायम गर्न भूमिका खेल्नुपर्नेमा आफ्नो अधिकार आफैंले दुरुपयोग गरेको छ । ”

Prabhu Bank
Agni Group
NIC Asia

त्यस्तै, उनले सरकारले कांग्रेसका मान्छे छानीछानी थुन्‍ने प्रपञ्‍च रचेको र सरकारको छायामा बसेर अख्तियारले आफ्नालाई बोक्ने र विरोधीलाई ठोक्ने नीति लिएको पनि बताए । संसद अवरोध गर्नु आफ्नो रहर नभए पनि सबै किसिमका अन्यायको न्याय माग्‍ने थलो संसद भएकाले संसदीय मर्यादामा रहेर आफूहरुले कुरा उठाएको सांसद विश्वकर्माको भनाई थियो । 
 
ललिता निवास जग्गा प्रकरणमा प्रस्ताव लैजाने, पारित गर्ने र लालपुर्जा बोकेर हिँड्नेलाई उन्मुक्ति दिइएको पनि उनले बताए । एउटा निर्दोषलाई पक्रेर सारा दोषीलाई उन्मुक्ति दिने षड्यन्त्र भएको भन्दै उनले आपत्ती जनाए । “प्रस्ताव लैजाने, पास गर्ने र लालपुर्जा बोक्ने महान हुने । तर, कित्ताकाट गर्ने, लालपूर्जा बनाउने क्षेत्राधिकार नै नभएको भौतिकपूर्वधारमन्त्रीमाथि मुद्दा चल्ने ? भौतिक पूर्वाधार मन्त्रालयको काम त पूर्वाधार बनाउने हो। अनी मन्त्री कसरी दोषी भयो,” सांसद विश्वकर्माको प्रश्न थियो । त्यस्तै, उनले जग्गा फिर्ता गर्छु भन्नेहरुलाई मुद्दा नचलाएकोमा पनि कटाक्ष गरे । 

अख्तियारले बुधबार कांग्रस उपसभापति तथा तत्कालीन भौतिक पूर्वाधार तथा यातायात मन्त्री विजयकुमार गच्छदारलगायत १७५ जनाविरुद्ध ललिता निवास प्रकरणमा मुद्दा दायर गरेको थियो । तर, तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल र डा. बाबुराम भट्टराई र जग्गा फिर्ता गरेको भन्दै नवीन पौडेल र न्यायाधीश कुमार रेग्मीविरुद्ध मुद्दा दायर गर्नु नपर्ने निर्णय गरेकको थियो । नबीन पौडेल सत्तारुढ दल नेकपाका महासचिव विष्णु पौडेलका छोरा हुन् । 

Global Ime bank

कांग्रेसले आफ्ना मान्छेलाई जोगाएर विपक्षीलाई सरकारले निशाना बनाएको आरोप लगाएको छ । 

आधा घण्टालाई स्थगित बैठक अझै सुरु भएन

कांग्रेसले राजनीतिक प्रतिशोधका आधारमा कांग्रेस उपसभापति एवं संसदीय दलका उपनेता विजय गच्छेदारमाथी मुद्दा लगाएको भन्दै संसद बैठक चल्न नसक्ने अडान लियो । 

सभामुख अग्नि सापकोटाले सो विषय संसदको क्षेत्राधिकार बाहिर रहेको भन्दै संसद बैठक सञ्चालनमा सहयोग गर्न आग्रह गरे । तर, कांग्रेस सांसदहरुले सभामुखको आग्रह नमानेपछि बैठक आधा घण्टाका लागि स्थगन गरिएको थियो । तर, बैठक स्थगित भएको एक घण्टा हुनै लाग्दा समेत संसद दोस्रो बैठक सुरु हुन सकेको छैन ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, माघ २४, २०७६  १४:४४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय