site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
एकीकृत समाजवादीको विद्यार्थी जिल्ला कमिटीको अध्यक्षमा थापा

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को विद्यार्थी जिल्ला कमिटीको अध्यक्षमा अशोक थापा चयन भएका छन् । शुक्रबार सम्पन्न पाँचौँ अधिवेशनले थापाको नेतृत्वमा ४१ सदस्यीय कमिटी चयन गरेको हो । 

कमिटीको उपाध्यक्षमा मनोज चन्द, सचिवमा हुकुम बिसी, उपसचिवमा रामबहादुर मल्ल चयन भएका छन् । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौंमा सम्पन्न अधिवेशनमा १३ इलाका कमिटीबाट १५० प्रतिनिधि सहभागी थिए । 

अधिवेशनमा पार्टी अध्यक्ष माधवकुमार नेपाल, नेताहरू मोहन गौतम, सुदेश पराजुली, विश्वनाथ प्याकुरेल, जीवन राईसहित सहभागी थिए ।

प्रकाशित मिति: शुक्रबार, असार २०, २०८२  २०:२७
प्रतिक्रिया दिनुहोस्