site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
प्रचण्ड प्रधानमन्त्रीका एक्ला उमेदवार, उपेन्द्र यादवसहित ११ दलको समर्थन
NIC Asia Banner ad
Argakhachi Cement Island Ad
काठमाडौं ।नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्रीका एक्ला उमेदवार भएका छन् ।
मंगलबार दिउँसो चार बजेसम्म उमेदवारी दिने समय तय भए पनि अन्य कसैले पनि दाहालविरुद्ध उमेदवारी दिन फर्म नलगेको संसद् सचिवालयले जनाएको छ ।
संसद् सचिवालयका सहायक प्रवक्ता सुदर्शन कुईंकेलका अनुसार प्रचण्डको प्रस्तावकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा छन् भने समर्थकमा उपेन्द्र यादवसहित ११ जना छन् ।
प्रचण्डको समर्थकमा कृष्णबहादुर महरा, जयदेव जोशी, कुमार खड्का, चन्देश्वर झा, प्रेमबहादुर सिंह, उपेन्द्र यादव, लक्ष्मणलाल कर्ण, सर्वेन्द्रनाथ शुक्ल, लोकमणि ढकाल, हरिचरण साह र रुक्मिणी चौधरी छन् ।
संसद् सचिवालयले जारी गरेको कार्यतालिकाअनुसार बुधबार प्रधानमन्त्रीको चयन हुनेछ ।
मंगलबार ४ बजेसम्ममा प्रचण्डका विरुद्ध कसैको उमेदवारी दर्ता नभए पनि बुधबार संसद्मा मतदान भने हुनेछ ।
 
प्रकाशित मिति: मंगलबार, साउन १८, २०७३  १२:४५
प्रतिक्रिया दिनुहोस्