site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
भारतीय नक्सा प्रकरणमा छलफल गर्न प्रधानमन्त्रीले बोलाए सर्वपक्षीय बैठक 
Sarbottam CementSarbottam Cement

काठमाडौं । भारतले जारी गरेको नयाँ नक्साबारे छलफल गर्न प्रधानमन्त्री केपीशर्मा ओलीले सर्वपक्षीय बैठक बोलाएका छन् ।  

भारतले आइतबार जारी गरेको नयाँ नक्सामा नेपाली भूमि लिपुलेक, कालापानी र लिम्पियाधुरा समावेश गरेको भन्दै चौतर्फी विरोध भएपछि प्रधानमन्त्री ओलीले यस विषयमा छलफल गर्न राजनीतिक दलका प्रमुखहरु, पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्र मन्त्रीहरु तथा सरोकारवालालाई बैठकमा बोलाएको प्रधानमन्त्रीका प्रेस सल्लाकार कुन्दन अर्यालले जानकारी दिए । 

Prabhu Bank
Agni Group
NIC Asia

अर्यालका अनुसार बैठक शनिबार ४ बजे बस्ने भएको छ । 

भारतले जारी गरेको नक्साको व्यापक विरोध भइरहेको छ । तर, भारत सरकारले भने नयाँ नक्सामा नेपाल-भारत सीमामा कुनै परिमार्जन नगरेको दाबी गरेको छ । 

Global Ime bank

नेपाल सरकारले बुधबार विज्ञप्ति जारी गर्दै सीमाका सम्बन्धमा एकतर्फी गरिने निर्णय मान्य नहुने बताएको थियो । 

बिहीबार प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भारतीय राजदूत मञ्‍जिवसिंह पुरीलाई टेलिफोन गरी कालापानी र लिपुलेक नेपालको अविभाज्य भूमिको भएको तथ्य स्मरण गराएका थिए । 

नेकपाकै केही नेताहरुले यसबारे छलफल गर्न सर्वपक्षीय बैठक बोलाउन प्रधानमन्त्रीसँग आग्रह गरेका थिए । तर, सत्तारुढ पार्टी नेकपाले भने यस विषयमा आधिकारिक धारण सार्वजनिक गरेको छैन । 

प्रधानमन्त्री ओलीसमेत यस विषयमा मौन बसेको भन्‍ने आरोप लागिरहेका बेला उनले सर्वपक्षी बैठक बोलाएका हुन् । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, कात्तिक २२, २०७६  १८:३१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC