site stats
बाह्रखरी :: Baahrakhari
खेल
तेक्वान्दो टोली थाइल्यान्ड जाने

काठमाडौं । दोस्रो टिभारा खुला अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा सहभागी हुन नेपाली टोली शुक्रबार थाइल्यान्डको बैंकक प्रस्थान गर्ने भएको छ । 

ग्योरोगीको पुरुषतर्फ भिजन तामाङ, सककुमार चन्दन, किरण पनेरु, राजेश थापा, कुशल बस्नेत र साहिल गुरुङ तथा महिलामा पूजा शाह रहेका छन् । पुम्सेमा मिङमार शेर्पा तथा नन्द विष्ट छन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

टोली नेतामा अशोक खड्का, प्रशिक्षकमा तिलक लामा, चुलाईंविन मुखिया र गणेशकुमार पाण्डे, व्यवस्थापकमा रामेश्वर महतो तथा निर्णायकमा मीन न्यौपाने र जितसिंह लामा रहेका छन् । 

अशोकले निर्णायकको भूमिका पनि निर्वाह गर्नेछन् । टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवालले बिहीबार एक कार्यक्रमबीच विदाइ गरे ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक २२, २०७६  १६:५०
प्रतिक्रिया दिनुहोस्