site stats
बाह्रखरी :: Baahrakhari
घटना क्रम
Nabil BankNabil Bank
विदेशमा तिरेअनुसारको सेवा पाउँछन् त अन्तराष्ट्रिय विद्यार्थीले ?
Sarbottam CementSarbottam Cement

बीबीसी । धेरै भन्दा धेरै अन्तराष्ट्रिय विद्यार्थी भित्र्याउने मुलुकहरुको प्रतिस्पर्धामा पछिल्लो समय क्यानडा पनि धेरै अगाडि आइसकेको छ । तर यसरी अन्तराष्ट्रिय विद्यार्थीहरुबाट महङ्गो शुल्क उठाइरहेका देशले वास्तविकतामा त्यस अनुरुपको सेवा सुविधा प्रदान गर्न सकिरहेका छन् कि छैनन् ?

यसबारेमा २२ वर्षीय भारतीय नागरिक जोबनदिप सन्धुले आफ्नो अनुभव सुनाएका छन् जो अत्यन्तै मिहिनेती व्यक्ति हुन् । क्यानडाको ओन्टारियोमा टेक्निकल इन्जिनियरको पढाइ गरिरहेका उनी कलेज शुल्क तिर्न करिब फुल टाइम ट्रक चलाउने काम गर्छन् । आफूसाथै भाइको पढाइको बन्दोबस्त पनि मिलाउनु पर्ने भएपछि उनले पूरै समय काम गर्न सुरु गरेका हुन् । उनी भन्छन्, ‘म काम गर्नु कुनै अपराध होइन भन्ने सोच्थेँ ।’ यसरी केही समय अगाडि मात्र उनी अन्तराष्ट्रिय विद्यार्थीका रुपमा बढी समय काम गरेको आरोपमा पक्राउ परेका हुन् । उनको भिसामा पनि उनले क्याम्पस बाहिर हप्तामा केबल २० घण्टा मात्र काम गर्न पाउने उल्लेख गरिएको छ । तर कुनै समय उनले एक हप्ता ४० घण्टा समेत काम गरे । उनका अनुसार अभिभावकले दाजु भाइकै पढाईको खर्च बेहोर्न नसक्ने भएकाले उनले यस्तो बाटो अपनाएका हुन् । यसक्रममा एक दिन ट्रक चलाउँदै गर्दा उनलाई एक पुलिस अधिकारीले बोलाएर सोधपुछ गर्दा उनले सबै कुरा सत्य बताए । उनी भन्छन्, ‘मैले यहाँ बसे वापद् सबै कर तिरिरहेको छु यसकारण मलाई म वैध रुपमै काम गरिरहेको छु भन्ने थियो । यसैले मलाई झुटो बोल्नुपर्ने आवश्यकता लागेन ।’ तर पक्राउ परिसकेपछि अहिले उनले वकिलको सहायता लिँदै अदालतमा लड्नु परिरहेको छ । यसरी सन्धुको गिरफ्तारीपछि अन्य थुप्रै अधिवक्ताहरुले पनि अन्तराष्ट्रिय विद्यार्थीहरुलाई काम गर्ने व्यवस्थामा सुधार ल्याउनुपर्ने पहल गरेका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

वास्तवमा सन्धु मात्र नभएर विदेशमा पढ्न गएका हजारौँ विद्यार्थीले कलेजको महङ्गो शुल्क तिर्न यसरी नै संघर्ष गर्नुपर्छ । क्यानडामा मात्र अहिले ५ लाख भन्दा बढी विदेशी विद्यार्थीहरु छन् भने अन्तराष्ट्रिय विद्यार्थीहरुको शिक्षा शुल्क देशभर ३२ प्रतिशतले वृद्धि भएको छ । यता स्वदेशी विद्यार्थीहरुलाई भने १४ प्रतिशतले मात्र ट्युसन फी बढाइएको हो । यस्तोमा क्यानडा पुगेका अन्तराष्ट्रिय विद्यार्थीहरुले स्थानीय भन्दा चार गुणा बढी तिर्नु परिरहेको छ । क्यानडामा मात्र नभएर अन्य देशमा पनि यस किसिमको समस्या देखिएको छ । जस्तै अमेरिकाको सेन डिएगोमा २० प्रतिशत विद्यार्थी अमेरिका बाहिरका रहेका छन् र वार्षिक ४० हजार डलर भन्दा धेरै पढाइ शुल्क तिर्छन् जुन अमेरिकी दर भन्दा तीन गुणा महङ्गो हो । त्यस्तै बेलायतको युनिभर्सिटी अफ म्यान्चेस्टरमा पनि अधिकांश विद्यार्थी विदेशबाट भित्रिने गरेका छन् र उनीहरुले पनि वार्षिक १८ हजार ५०० पाउन्ड ट्युसन फि तिर्नुपर्ने हुन्छ जुन स्थानीय विद्यार्थीको तुलनामा दुई गुणा बढी शुल्क हो ।

यसरी सरकारले शिक्षा खर्चमा कटौति गरिरहेका बेला धेरै संस्थाका लागि अन्तराष्ट्रिय विद्यार्थीहरु नै राजस्वको महत्वपूर्ण श्रोत रहँदै आएकाले पनि यो समस्या बढ्दै गएको बताइएको छ । 

Global Ime bank

क्यानडा विश्वभरका विद्यार्थीहरुका लागि छैटौँ सबैभन्दा लोकप्रिय गन्तव्यमा पर्छ । यसमा सबैभन्दा शिर्षमा अमेरिका, बेलायत, चीन, अष्ट्रेलिया र फ्रान्स रहेका छन् । यसरी स्नातक उत्तीण गरिसकेपछि वर्क पर्मिट पाउने भएकाले पनि विद्यार्थीहरुले क्यानडा राजिरहेका छन् । तर के उनीहरुले आफूले बुझाएको शुल्क अनुसारको सेवा सुविधा पाइरहेका छन् त ?

विश्वव्यापी मामिलाको मन्त्रालयले अनुमान गरे अनुसार २०१४ मा मात्र अन्तराष्ट्रिय विद्यार्थीहरुले क्यानडामा ११.४ अर्ब डलर खर्च गरेका छन् । यसरी अन्तराष्ट्रिय विद्यार्थीहरुको सङ्ख्या तीन लाखबाट पाँच लाख बढी पुगेको छ जुन ७५ प्रतिशत वृद्धि हो । तर अर्कोतर्फ अन्तराष्ट्रिय विद्यार्थीहरुले तिनुपर्ने कलेज शुल्क भने २० हजार डलरबाट २७ हजार पुर्याइएको छ जुन ३२ प्रतिशतले वृद्धि भएको हो । तर शुल्क वृद्धि भइरहेपनि त्यस अनुरुप सुविधा र सेवाहरुमा सुधार नआएको विद्यार्थीहरुको गुनासो रहँदै आएको छ । यस्तोमा क्यानडा वास्तवमै अन्तराष्ट्रिय विद्यार्थीलाई आकर्षित गर्न प्रतिबद्ध छ भने यसले विद्यार्थीहरुलाई त्यहाँ पुगेपछि काम गर्ने अवसर पनि प्रदान गर्नुपर्ने बताइएको छ । त्यस्तै स्कुलहरुले वर्षवर्षमा कति शुल्क बढाउने भन्नेबारे पनि सावधानीपूर्वक विचार गर्नुपर्ने विश्लेषक बताउँछन् । बांग्लादेशका एक विद्यार्थी काजी मृदुल भन्छन्, ‘शिक्षाप्रति हामीलाई कुनै असन्तुष्टि छैन तर कहिलेकाहिँ उनीहरुले एकैपटक १० देखि १२ प्रतिशत शुल्क बढाइदिन्छन् । जसले सटिक बजेटमा चल्ने परिवारलाई ठूलो धक्का दिने गरेको छ ।’ 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, कात्तिक १८, २०७६  ०५:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC