राजनीति
काठमाडौं । व्यवस्थापिका–संसद्ले बुधबार विहान ११ बजे नयाँ प्रधानमन्त्री चयन गर्ने भएको छ ।
सभामुख ओनसरी घर्तीले व्यवस्थापिका–संसद्को बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउँदै बुधबार विहान ११ बजे प्रधानमन्त्री चयन सम्बन्धी कार्यतालिका सार्वजनिक गर्न सचिवालयलाई निर्देशन दिएकी हुन् । राष्ट्रपति कार्यालयबाट प्राप्त पत्रमा सहमतिका आधारमा दिइएको समयसीमाभित्र सरकार गठन हुन नसकेकाले बहुमतीय आधारमा सरकार गठनको प्रक्रिया अघि बढाउन भनिएको छ । संसद्मा तत्काल कायम रहेको सदस्य संख्याको बहुमतका आधारमा नयाँ प्रधानमन्त्री चयन गर्न सकिनेछ ।
संसद्मा अहिले ५९५ सदस्य छन् ।
प्रकाशित मिति: सोमबार, साउन १७, २०७३ १६:१५
प्रतिक्रिया दिनुहोस्