site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
समृद्धिको लक्ष्य हासिल गर्न लागौंः भट्टराई
NIC Asia Banner ad
Argakhachi Cement Island Ad
दाङ । नयाँ शक्ति नेपालका संयोजक डा बाबुराम भट्टराईले मुलुकले राजनीतिक उपलब्धि हासिल गरिसकेकाले अब आर्थिक समृद्धिको लक्ष्य हासिल गर्नेतर्फ लाग्नुपर्ने बताएका छन् । 
 
तुलसीपुर उद्योग वाणिज्य सङ्घले सोमबार आयोजना गरेको कार्यक्रममा बोल्दै नेता भट्टराईले निर्माणमुखी राजनीति र समृद्ध नेपाल निर्माणको लक्ष्य लिएर नयाँ शक्ति उदाएको बताए । 
 
“निजी क्षेत्रको सहकार्यमा देशलाई समृद्धितर्फ लैजानुपर्छ, सरकारले पनि निजी क्षेत्र अनुकूल लगानीको वातावरण सिर्जना गर्न सक्नुपर्छ” – उनले भने । उनले उद्योगी व्यवसायीसँगको सहकार्यबाट मात्र आर्थिक समृद्धि हुने भन्दै त्यसमा आफनो शक्तिको सहयोग रहने विश्वास दिलाए ।  
 
नेता भट्टराईले युवालाई विदेश जानबाट रोक्न युवा स्वरोजगार नीति आफ्नो प्रधानमन्त्रित्व कालमा ल्याइएको र त्यसलाई निरन्तरता दिइनुपर्ने बताए । रासस 
प्रकाशित मिति: सोमबार, साउन १७, २०७३  १४:४०
प्रतिक्रिया दिनुहोस्