site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
चीनका राष्ट्रपति सीको भ्रमण हुनै लाग्दा भारत र चीनबीच नयाँ विवाद ! भारतले माग्यो जवाफ
Ghorahi CementGhorahi Cement

नयाँ दिल्ली । चीनका राष्ट्रपति सी जिनपिङले भारतको भ्रमण गर्न लागिरहेको बेलामा दुई देशबीच नयाँ विवाद उत्पन्न भएको छ । काश्मीर मामिलालाई लिएर पाकिस्तानका लागि चीनका राजदूतले गएको शुक्रबार राखेको धारणाले गर्दा नयाँ विवाद उत्पन्न भएको हो । 

भारतीय दैनिक इण्डियन एक्सप्रेसका अनुसार सो विषयलाई लिएर भारतले कुटनीतिक च्यानल मार्फत चीनसँग जवाफ मागेको छ । पाकिस्तानका लागि चीनका राजदूतले काश्मीर मामिलामा पाकिस्तानको पक्षमा धारणा राखेका थिए । 

Agni Group

शुक्रबार इश्लामावादमा चीनका राजदूत याओ जिङले भनेका थिए,‘‘काश्मीरीलाई उनीहरुको अधिकार र न्यायका लागि मद्यत गर्न हामी काम गरिरहेका छौं । काश्मीरको मुद्धालाई तार्किक समाधान  गर्न आवश्यक छ । चीन सो इलाकामा शान्ति र स्थिरताको लागि पाकिस्तानको साथ रहेको छ । ’’

पाकिस्तानमा चीनका राजदूतले काश्मीरीलाई अधिकार दिलाउनका लागि आफ्नो देशले काम  गरिरहेको जनाएका थिए । इण्डियन एक्सप्रेसले जनाए अनुसार भारतले सो मामिलामा चीनसँग शनिबार सफाई मागेको छ ।

Global Ime bank

चीनका राष्ट्रपति सी जिनपिङ्गले अबको पाँच दिन पछि अर्थात् अक्टोबर ११ र १२ तारेखमा भारतको अनौपचारिक भ्रमण गर्ने कार्यक्रम रहेको छ । तर, उनको भ्रमणको मुखमै दुई देशबीच नयाँ विवाद सिर्जना भएको हो । पाकिस्तानका लागि चिनियाँ राजदूतको भनाईलाई लिएर भारतले चीन जम्मु काश्मीर मामिलामा आफ्नो घोषित नीति भन्दा बाहिर गएको आरोप समेत लगाएको छ । - बीबीसी

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असोज १९, २०७६  ०९:४६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC