site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
‘नाच फिरिरि’पछि महेशको ‘माया बिरानी’ सार्वजनिक

काठमाडौं । गायक महेश काफ्लेको  नयाँ गीत ‘माया बिरानी’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । गीतमा महेश काफ्ले र मेलिना राईको स्वर रहेको छ । महेश काफ्लेको शब्द तथा सङ्गीत रहेको छ । गीतलाई उदय राज पौडेलले म्युजिक एरेन्ज गरेका हुन् । 

नेपाली गीतसंगीत क्षेत्रमा ‘नाच फिरिरि’बाट आफूलाई स्थापित बनाउन सफल भएका थिए । जि २१ डिजिटलको प्रस्तुती म्युजिक भिडियो जि २१ डिजिटलको अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

गीतको भिडियोमा भने नायक नाजिर हुसेन, नायिका आँचल शर्मा र गायक महेश काफ्लेलाई फिर्चड छन् ।  

असिम शाहले निर्देशन गरेको उक्त भिडियोलाई हरि हुमागाईं र उत्तम हुमागाईले खिचेका हुन् । सम्पादन लोकेश बज्राचार्यले गरेका छन् । 

प्रकाशित मिति: बुधबार, भदौ २५, २०७६  १८:२३
प्रतिक्रिया दिनुहोस्