site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
आइएमई नेपाल लिटरेचर फेस्टिभल मंसिर २७ देखि
Tiktok banner adTiktok banner ad

काठमाडौं । आइएमई नेपाल लिटरचेर फेस्टिभलको आठौँ संस्करण आउँदो मङ्सिर २७ गतेदेखि ३० गतेसम्म पोखरामा हुने जानकारी बुकवर्म फाउन्डेसनले गराएको छ । फेस्टिभलका अघिल्ला संस्करणझैं यस वर्ष पनि एक सयभन्दा बढी स्वदेशी, विदेशी लेखक, तीन दर्जनभन्दा बढी सेसन र थप रोचक सामग्री समावेश गरिने आयोजकले आइतबार पत्रकार सम्मेलन गरेर जनाएको छ । 

यस वर्ष हुने आठौँ संस्करणको साहित्य महोत्सवमा भारतीय लोकसभाका सांसद एवम् लोकप्रिय साहित्यकार डा. शशी थरुर, भारतीय प्रसिद्ध गीतकार एवम् कवि जाभेद अख्तर, भारतीय अभिनेत्री शबना आज्मीलगायत चर्चित अन्तर्राष्ट्रिय हस्तीहरूका साथै देशविदेशका १५० भन्दा बढी साहित्यकार, लेखक, पत्रकार, कलाकार र विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहने बताइएको छ ।

यस वर्ष महोत्सवमा दक्षिण एसियाली साहित्यकै सर्वोत्कृष्ट एवम् गरिमामय डिएससी पुरस्कार प्रदान गर्न लागिएको बुकवर्मले जनाएको छ । २५ हजार अमेरिकी डलरको उक्त पुरस्कार वितरण दक्षिण एसियाली समाजको गुणस्तर अभिवृद्धिमा क्रियाशील दक्षिण एसियाली साहित्यिक पुरस्कार गुठीले विगत आठ वर्षदेखि प्रदान गर्दै आएको हो । 

पत्रकार सम्मेलनमा आइएमई नेपाल लिटरेचर फेस्टिभलका निर्देशक अजित बरालले डिएससी पुरस्कारसँगको समन्वय र सहकार्यले अन्तर्राष्ट्रिय लेखक, कलाकार, बुद्धिजीवी र राजनीतिज्ञहरूबीच नेपाल लिटरेचर फेस्टिभललाई नै एक तटस्थ दक्षिण एसियाली मञ्चका रुपमा उभ्याउन मद्दत पुर्याउने अपेक्षा व्यक्त गरे । 

फेस्टिभलले नेपाल भ्रमण वर्षलाई पनि सघाउने विश्वास लिएको नेपाल पर्यटन बोर्डकी ब्रान्ड प्रबन्धक श्रद्धा श्रेष्ठले बताइन् । जनकपुर र पोखरामा आयोजना हुने आईएमई लिटरेचर फेस्टिभलले नेपाल भ्रमण वर्ष २०२० लाई सार्थक बनाउन टेवा पुर्याउने नेपाल भ्रमण वर्ष २०२० का संयोजक सुरज वैद्यले बताए ।

नेपाल भ्रमण वर्ष २०२०लाई मध्यनजर गर्दै प्रदेश सरकार र सरोकारवालाहरूको पहलमा सांस्कृतिक एवम् ऐतिहासिक सहर जनकपुरमा पनि आउँदो कात्तिक १७ र १८ गते साहित्य महोत्सव सम्पन्न हुने घोषणा कार्यक्रममा गरिएको थियो ।

नेपाल लिटरेचर फेस्टिभलसँग सहकार्य गर्न पाउँदा खुसी लागेको आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले बताए । साथै आईएमईले सामाजिक उत्तरदायित्वअन्तर्गत नेपालको कला, साहित्य, स्गीत आदि क्षेत्रमा आफ्नो सहभागिता जनाइरहेको र आगामी दिनमा पनि फेस्टिभलसँग सहकार्य जारी रहने उनले प्रतिबद्धता व्यक्त गरे ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन २६, २०७६  १७:२७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro