site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
यसरी खानुस् आलु 
Sarbottam CementSarbottam Cement

एजेन्सी । धेरै आलु सेवनले मोटोपनाको समस्या बढाउँछ भन्ने वैज्ञानिकहरुले यसअघि नै साबित गरिसकेका छन् । त्यसबाहेक आलुले मुटु सम्बन्धि रोग र मधुमेहको खतरा पनि बढाउने बताइन्छ । तर यता आलुमा पाइने म्याग्नेसियम, पोटासियम, भिटमिन बी ६, सी लगायतका पोषक तत्वहरु पनि हाम्रो शरीरका लागि उत्तिकै आवश्यक छन् । यस्तोमा आलुका फाइदाबारे खाद्य विद्हरुबीच लामो समयदेखि विवाद रहँदै आएको छ । 

तर संचार एजेन्सी वासिङटन पोस्टसँग कुरा गर्दै न्युयोर्क युनिभर्सिटीका वरिष्ठ प्रोफेसर तथा खाद्य विश्लेषक चाल्स मुलरले यो विषयमा नयाँ जानकारी दिएका छन् । उनका अनुसार अहिलेका मानिसहरुले आलुको उपभोग नै गलत तरिकाले गर्ने गरेकाले यसले फाइदा भन्दा बढी हानि पुर्याइरहेको छ । त्यसैले आलुलाई बोक्रासँगै जस्ताको त्यस्तै अन्य कुनै खानेकुरा नमिसाइ खाँदा सबैभन्दा स्वस्थकर हुने उनी बताउँछन् । तर हिजोआज मानिसहरुले आलुलाई धेरै समय तेलमा तारेर अनि त्यसमा बटर, क्रिम, चिज आदि हालेर खाइरहेका छन् जुन स्वास्थ्यका लागि अत्यन्तै समस्याजनक हुने गरेको पाइएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

वास्तवमा आलुलाई तरकारीका रुपमा नभएर एकपटकको सिङ्गो खानाका रुपमा सेवन गर्नुपर्ने वैज्ञानिकहरुको तर्क छ । आलु स्टार्चयुक्त खानेकुरा भएकाले त्यसैमा पर्याप्त डायट हुने हुँदा यसलाई सिङ्गै ओभनमा बेक गरेर वा उसिनेर एक समयको खानाका रुपमा सेवन गर्दा सबैभन्दा उपयुक्त हुने मुलरको पनि  बताएका हुन् । 

मानिसको शरीरलाई दैनिक २५ देखि ३० ग्राम फाइबर आवश्यक हुन्छ । यस्तोमा बोक्रा सहितको एउटा आलुमा मात्र ४ ग्राम सम्म फाइबर हुन्छ भने बोक्रा निकाल्दा तीन ग्राम फाइबर पाउन सकिन्छ । मुलर भन्छन्, ‘आलु सधैँ बोक्रासँगै खाएको राम्रो किनकी यसले फाइबारको मात्रालाई केही हदसम्म बढाइदिन्छ ।’ त्यसैगरी आलुले हाम्रा शरीरका लागि आवश्यक २० प्रतिशतसम्म पोटासियम पनि प्रदान गर्न सक्छ । तर सामान्यतय धेरै मानिसले पर्याप्त पोटासियम नपाउँदा रक्तचाप, कोलेस्ट्रोल, सुगर लेभल आदिलाई नियन्त्रणमा राख्न कठिन भइरहेको हुन्छ । यसरी अत्यन्तै जरुरी पोषक तत्व भएपनि गलत उपभोगका कारण आलु स्वस्थकर नभएर हानिकारक साबित भइरहेको उनले बताए ।

Global Ime bank

अर्कोतर्फ आलुमा पाइने कार्बोहाइड्रेटमा बढी जीआइ हुने हुँदा वास्तवमै यसले मोटोपना र इन्सुलिन लेभल बढाउने कुरा पनि गलत होइन । यस्तोमा मुलरले आलुको नकारात्मक प्रभाव कम गर्न पनि विभिन्न उपाय सुझाएका हुन् । उनका अनुसार आलु चिसो भएपछि खाने गर्दा वा पुनः दोस्रोपटक तताएर खाँदा त्यसको केमिकल स्ट्रक्चरमा बदलाव आउँछ र रगतमा सुगर लेभल कम गर्न मद्दत गर्न सक्छ भने यसका अन्य फाइदाहरु पनि छन् । त्यसकारण आलुलाई स्वादिलो बनाउँदै गर्दा हाम्रो स्वास्थ्यमा त्यसले पार्ने असरबारे पनि सधैँ ख्याल राख्न र स्वस्थ तरिकाले यसको सेवन गर्न नछाड्न मुलरले सुझाव दिएका हुन् ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन २, २०७६  ०४:४६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय