site stats
बाह्रखरी :: Baahrakhari
खेल
३१ ओभरमा अष्ट्रेलियाको १३५ रन

काठमाडौं । सर्वाधिक पाँच पटकको च्याम्पियन अष्ट्रेलियाले आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको सेमिफाइनलमा इङल्याण्डविरुद्ध ३१ ओभरको समाप्तिमा १ सय ३५ रन बनाएको छ ।

एड्बेस्टोनमा ३१ ओभर खेल सकिँदा अष्ट्रेलियाले ५ विकेटको क्षतिमा १ सय ३५ रन बनाएको हो । अनुभवी खेलाडी स्टेभन स्मिथले अष्ट्रेलियाको इनिङस सम्हालिरहेका छन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

टोलीलाई उकास्न स्मिथसँग साझेदारी गरेका एलेक्स केरी चौथो विकेटका रुपमा ४६ रनमा आउट भएका छन् । केरी लगत्तै मार्कुस स्टोनिस एलबिडब्लु शिकार भए ।

त्यसअघि पिटर हेन्डकोम्ब ४ रनमा पवेलियन फर्किँदा ओपनर डेविड वार्नर ९ तथा कप्तान एरोन फिन्च खाता नै नखोली आउट भएका थिए । 

प्रकाशित मिति: बिहीबार, असार २६, २०७६  १७:४०
प्रतिक्रिया दिनुहोस्