राजनीति
काठमाडौँ । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले मधेसी समुदायका माग पूरा नभएसम्म मधेसी मोर्चा सरकारमा सहभागी नहुने बताएका छन् ।
रिपोटर्स क्लबद्वारा शुक्रबार आयोजित साक्षात्कारमा अध्यक्ष महतोले भने “अहिले मधेसी मोर्चा सरकारमासहभागी हुने सम्भावना छैन, संविधान संशोधन गर्ने र मधेसी समुदायको माग पूरा गर्ने सहमति भएको खण्डमा बाहिरबाटै अब बन्ने सरकारलाई सहयोग गर्न सकिन्छ ।”
सरकार निर्माणबारे नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र बीच भएको सात बुँदे सहमतिमा मधेसी मोर्चा सकारात्मक हुँदाहुँदै कार्यान्वयनमा शङ्का उत्पन्न भएको अध्यक्ष महतोको भनाइ छ । रासस
प्रकाशित मिति: शुक्रबार, साउन १४, २०७३ १६:१७
प्रतिक्रिया दिनुहोस्