site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्रकाश सपूतको ‘गलबन्दी’विरुद्ध शम्भु राईले कपिराइटको मुद्दा दर्ता गरे
Tiktok banner adTiktok banner ad

काठमाडौं । प्रकाश सपूतको गीत ‘गलबन्दी’ आफ्नो गीत ‘आऊ नाचौं साथी हो’सँग हुबहु मिलेपछि गायक शम्भु राईले कपिराइटमा मुद्दा दर्ता गरेका छन् । बिहीबार नेपाल प्रतिलिपी अधिकार रजिष्टारको कार्यालयमा राईले मुद्दा दर्ता गरेका हुन् । 

“मैले मिलेर जाऊँ मुद्दामामिलामा नजाऊँभन्दा प्रकाशजी मान्नु भएन त्यसैले म वाध्य भएर कपिराइटमा गएको हुँ,” राईले बाह्रखरीसँग भने । रनिष्टारको कार्यालयले राईलाई भोली (आइतबार) विहान ११ बजे छलफलका लागि बोलाएको छ । 

रजिष्टारको कार्यालयले दुई जनाबीच आपसी छलफलमा जान आग्रह गर्नेछ । तर दुईपक्षबीच सहमति हुन नसके प्रहरी हुँदै मुद्दा अदालतसम्म पुग्ने कानुनी प्रावधान छ । 
आफूले क्रियसन वाई सम्भूराई राखिदिए मात्रै पुगे बताइरहेको पनि कपिराइटमा गएपछि त्योबाहेक आर्थिक पक्ष पनि तानिने उनी बताउँछन् । 

‘गलबन्दी’का गायक प्रकाश सपूतले आफू सम्बन्धीत ठाउँमा गएर छलफल गर्न तयार रहेको बतानए । “म उहाँले कहाँ कहिले बोलाउनु हुन्छ छलफल गर्न तयार छु,” उनले बाह्रखरीसँग भने । 
यसैबीच राईले गीतसंगीत सम्बन्धी विभिन्न संघसंस्थाको ढोका ढक्ढक्याएका छन् ।  

प्रस्तोता समाज, लोक तथा दोहोरी गीत प्रतिष्ठान, राष्ट्रिय संगीतकर्मी संघ, संगीतकार संघ लगायत विभिन्न आधा दर्जा संस्थामा गएर उनले परामर्श गरेका हुन् । 

संगीतको विश्वब्पापी मान्यताअनुसार कुनै पनि गीतमा एउटा नोट मात्रै नमिलेको अवस्थामा पनि कपिराइट लाग्दैन । आठ  बारसम्म एउटामात्रै नोट तलमाथि भयो भने कपिराइट लाग्दैन । 

‘गलबन्दी’ सबैभन्दा छोटो समयमा युट्युबमा करोड ‘भ्युज’ पाएको गीत हो भने ‘आउ नाचौं साथी हो’ शम्भु राईले ०४८ सालमा रेकर्ड गरेको गीत हो । 
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असार ७, २०७६  १७:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro