site stats
बाह्रखरी :: Baahrakhari
देश
बर्डफ्लुका यस्ता छन् लक्षण र बच्‍ने उपायहरु

काठमाडौं । बर्डफ्लु एच५एन१ नामक भाइरसको संक्रमणबाट हुने गर्छ । यो एक प्रकारको अत्यधिक संक्रमण हुने इन्फ्लुएन्जा भाइरस हो । यसले चराचुरुंगीमा श्वासप्रश्वासको समस्या गराउँने चिकित्सकहरुले बताएका छन् ।

बर्डफ्लुको भाइरस मानिसमा कमै मात्र संक्रमण गर्ने गरेको छ । यदी यसको संक्रमण भाइरसले मानिसलाई संक्रमित गरेमा गम्भीर समस्या देखिनुका साथै शरिरका विभिन्न अंग नचल्‍ने बनाउने शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका चिकित्सक डा. शेरबहादुर पुनले बताए । “बर्डफ्लुको भाइरसका कारण मानिसको मृत्यु हुने दर उच्च हुनुका साथै करिब ६० प्रतिशत मृत्यु नै हुन्छ”, उनले भने, “बर्डफ्लु ए५एन१ भाइरसको संक्रमण रोकथामको लागि खोप नै बनेको छैन् ।”

Argakhachi Cement Island Ad

बर्डफ्लुको संक्रमणका कारण मानिसको मृत्यु हुनेमा दक्षिण एसियाका मुलुकहरुमा बंगालदेश पाकिस्तानपछि नेपाल रहेको छ । ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. विवेक लालले कुखुरा र कुखुराजन्य उत्पादन तथा अन्य चराचुरुंगीको मासु राम्रोसँग सफा गरेर पकाएर खाएमा यो रोग नसर्ने बताए । “कमै मात्र बर्डफ्लुको भाइरस मानिसमा देखिन्छ । यदी यसको भाइरस देखिएमा सुविधायुक्त अस्पतालमा आकस्मिक तथा सघन उपचार गर्नुपर्ने हुन्छ”, उनले भने, “एन्टिभाइरस औषधी ओसेल्टामिभिरले बिरामीको गम्भीरता घटाउन र मृत्यु रोक्नसक्ने भएकोले यसको प्रयोग गरिन्छ ।”

बर्डफ्लु एच५एन१ का लक्षण 

१. उच्च ज्वरो आउनु ।
२. खोकी लाग्नु ।
३. घाँटी दुख्नु ।
४. मांशपेशीहरु दुख्नु । 
५. सुरूमा पेट दुख्ने, छाती दुख्ने, पखाला लाग्नेसमेत हुन सक्छ  ।
६. संक्रमण छिट्टै फैलिएर श्वास फेर्न गाह्रो हुने ।
७. तीव्र रुपमा श्वाप्रश्वासमा कठिनाइ देखापर्ने, निमोनिया हुनु, दम हुनु आदि रहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. विवेक लालले बताए । 

यसरी सकिन्छ बच्न 

१. नियमितरुपमा साबुन पानीले हात धुने ।
२. व्यक्तिगत रुपमा सरसफाईमा ध्यान दिने ।
३. आफ्नो वरिपरिको वातावरण सफा राख्ने ।
४. बिरामी तथा मरेका कुखुरा तथा पन्छीबाट टाढा बस्ने ।
५. बालबालिकाहरुलाई मृत वा बिरामी पन्छीबाट टाढा राख्ने ।
६. कुखुराको काँचो मासु काटछाट गर्ने वा पकाउँने मानिसले नांगो हात, खुल्ला नाम मुख गरी मासु चलाउनु हुदैन् । कम्तिमा पनि हातमा पञ्जा मुखमा माक्स वा रुमाल तथाएप्रोन लगाएर मात्र मासुको काम गर्दा यस रोगको जोखिम क मगर्न सकिन्छ । 
७. पन्छिको मासु काटेपछि राम्रोसँग साबुन पानीले सफा गर्ने , मासु तयार गर्दा प्रयोग भएका भाडाकुँडा ,औजार  र अचानोलाई राम्रँेसँग सफा गरी निर्मलीकरण गनुपर्छ । 
८. कुखुराको मासु राम्ररी पकाएर खाने –कम्तीमा ७० डिग्री सेल्सियस भएमा भाइरस मर्दछ । 
९. जंगली तथा घरपालुवा पन्छी मरेको वा बिरामी भएको देखिएमा नजिकको पशुस्वास्थ्यकर्मी ÷पशुस्वास्थय कार्यालयमा तुरुन्त जानकारी गराउँने ।
१०. ईन्फलुएनजाको कुनै पनि शंका लाग्ने बितिकै स्वास्थ्य संस्थामा सम्पर्क गर्ने ।
११. चिकित्सकको सल्लाह बिना औषधी सेवन नगर्ने ।
१२. मृत पन्छी र तिनीहरुका सुलीबाट टाढा रहने र सुरक्षित रुपमा गाडने प्रबन्ध मिलाउने ।

यो पनि, नेपालमा पहिलोपटक बर्डफ्लु भाइरसबाट मानिसको मृत्यु 

प्रकाशित मिति: बिहीबार, वैशाख १९, २०७६  १८:२०
प्रतिक्रिया दिनुहोस्